पूर्व महासचिव कुल बहादुर थापा पत्नी शोकमा मूल प्रवाहद्वारा श्रद्धाञ्जली

नई दिल्ली, 4 दिसेम्बर 2025,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कुल बहादुर थापा कि पत्नी एवं महिला नेत्री नन्दकला थापा (देवी थापा)को उपचारकै क्रममा पोखरा स्थित मणीपाल हस्पिटलमा 2082 मंरिस 18 गते नेपाली समयानुसार 5ः40मा वहाँको दुखद निधन भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिले वहाँको निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोक वक्तव्य जारी गरि श्रद्धाञ्जली प्रकट गरेको छ । महासचिव त्रिभुवन भट्टराईद्वारा हस्ताक्षरित श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ ।

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कुल बहादुर थापा पत्नी बागलुङ जिल्ला जैमुनी नगरपालिका-८ निवासी नन्दकला (देवी) थापाको 4 दिसेम्बर 2025 गते उपचारकै क्रममा पोखरा स्थित मणीपाल हस्पिटलमा 2082 मंरिस 18 गते नेपाली समयानुसार 5ः40मा वहाँको दुखद निधन भएको छ । वहाँ लामो समय देखि बिमारी हुनुहुन्थ्यो र लामो समय सम्म चेन्नईमा उपचार भएको थियो । 2081 को दशैंको समयमा भेटघाटको लागि स्वदेश जानु भए पछि निरन्तर नेपालमै उपचार भईरहेको थियो । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सकृय कार्यकर्ता हुनुहुन्थ्यो ।

वहाँले भारतस्थित नेपालीहरुको सर्वप्रिय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो संगठनका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । वहाँ हाम्रो संगठनले एक अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिवद्ध कार्यकर्ता गुमाएको छ । वहाँको मृत्युबाट हाम्रो संगठनमा गम्भीर क्षति भएको छ ।

हामी वहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त पूर्व महासिचव कुलबहादुर थापा (उहाँका पति) सहित उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति तथा समवेदना व्यक्त गर्दछौं । वहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार