कथा : असमानता बिरुद्धको आवाज

सुरेशकुमार पाण्डे

निन्द्रा पटक्कै लागेको छैन, मनमा कयौँ प्रश्नहरु आउँने जाने गर्छन् । आछ्यान पनि असजिलो थिएन तर कुन्नि किन मणिलाई छट्पटि लागेको थियो । मन मष्तिकमा आउँने प्रश्नहरुको कुनै उत्तर पनि थिएन । “किन यस्ता अनावश्यक बिचार मष्तिकमा उठ्दा हुँन ?” मणिले आफैसँग प्रश्न गर्छ जो अनउत्तर छ ।
मध्यारात्रि भएको थियो, सबै सुतेका थिए । मणिको भने निद्रा आँखाबाट कोशौँ टाढा भागेको अबस्था थियो । बाहिर रवि पनि निदाई सकेका थिए जस्तो लाग्थ्यो ।

मणि र रवि प्रवाशमा छँदा एउटै संगठनका कट्टर कार्यकर्ता थिए । उनीहरुले एउटै कोठा भाडामा लिएर सँगसंगै बस्थे सहपाठि मात्र होइन जिग्रि दोस्त पनि हुन् उनीहरु । एउटै थालमा भात खान्थे । देख्ने मान्छेले पराय जसो दुई भाई ठान्द थे । उनीहरु धेरै भर्ष सँगै नै बसे । उनीहरु बिचको गाढा मित्रता एउटा राम्रो समाजिक मिसाल नै थियो । समाजको काममा पनि उनीहरुको ठुलो साझा योगदान रहन्थ्यो ।

आज करिब बर्ष दिन पछि यि दुबै मित्रको भेट कुनै कामले बजारमा आएको बेला भएको थियो । रवि पछिल्लो बर्ष एतै बस्नेगरी प्रवास छाडेर आएका थिए भने मणि अझै पनि प्रवाशमै जाब गर्दैछन् । भर्खर केहि दिनको बिदामा आएका मणि कुनै कामले बजार गएको बेला मौका सञ्जोगले दुबै जनाको भेट भयो ।
आज मणिले रविलाई न छाड्ने निधो गर्यो र मणिले धेरै जिद्ध गरेपछि रवि पनि आफ्नो काम छाडेर नजिकैको खरकट्टि भन्ने गाउँमा आफ्नो सशुराल सँगै लिएर गयो ।

उनीहरु बाटोमा गफ गर्दै मणिका सशुराल पुगे ।

मणिकि बृद्धा सासु आमाले बाहिर दलानमा भएको खाटमा गुन्द्रि बिच्छाई दिइन् । त्यहाँ दुबैले आपस मै गफ गरेका थिए, धेरै दिनमा भेट भएको दुबैले पुराना कुराको समर्ण गर्दै गर्दा कति खेर भांसाको समय भएको रैछ पत्तै लागेन । हात धुनुस खाना खाउँ भन्दै एउटी सानी बालिकाले मणिलाई पानीको लोटा टक्राईन् । रवीलाई पनि पानीको बेग्लै लोटा राखिदिईन् ।

दुबै जनाले सँगै बाहिर हात धोएर आए ।

मणिलाई भित्र बोलाए अनि रविलाई त्यहि बसेको खाटमा भात ल्याई दिए, मणिलाई फेरी भित्र बोलाईयो मणिले आनाकानी गरे पनि रवि आफैले मणिलाई भित्र जान आग्रह गरे । मणिलाई यो आफ्नो ससुरालिको ब्यबहार अपच भयको थियो ।

आज यि दुबै साथिहरुलाई आफ्नो जातिको बारेमा यहशाहस भएको थियो ।

मणि बाहुन थियो भने रवि पेसाले दमाई थिए । मणि यसपालि खासै केहि नबोली सुटुक्क भित्र गयो रवीले दलानमा बसेर भात खाँदै थिए । उनीहरु दुबैजनालाई त्यो बिदेश बस्दाको एउटै थालिमा खाएको झलझली शंझना आएको थियो ।

रविले दलानमा भात खाँदै थिए बाहिर बिस्तारै चलेको बतासले टुक्किमा प्रहार गर्दा दियो धिप–धिप गर्दागर्दै निभ्यो, साहेद तेल पनि सक्किएको थियो टुक्किमा ।

घरभित्रमा अलि कुरा बुझ्ने खालका कोहि पनि थिएनन् । स–साना बालिकाहरु र बृद्धा ७० काटेकि आमा मात्रै यो बेला बसेका थिए । ति नातिनिहरुले पनि भात खाँदै थिए ।

बाहिर बुजेको त्यो दियो बाल्ने हिम्मत कसरी जुटाउँने ? खाना खाँदाखाँदै उठेर जाने हिम्मत पनि भएन । एकछिनको मौनपछि “बाहिरको टुक्कि निभेको छ त्यसमा तेल राख्न पाए हुन्थो कि ?” मणिले हिम्मत जुटाएर अंध्यारोमा तिर चलाए जस्तै गरि भन्छ । सासुले भित्र खोपीबाट एउटा मट्टिको तेल वाला सिसी निकाल्दै नातिनिलाई जा हात धोएर टुक्किमा तेल राख भन्दै अह्राउँ छिन् ।

एकछिनपछि बाहिर फेरी उज्यालो हुन्छ, ति नानुले तेल राखेर दियो जलाई दिए पछि । रविले आफुले खाएको भाँडा आफै माझेर बाहिर उल्टाएर राखि सकेका छन् । उनलाई यस्तो गर्नु पर्छ भन्ने बारे पहिल्यई थाहा थियो । तर मणिलाई भने आज आफ्नो साथिप्रति अपनाईएको यो ब्यबहार आफ्नै मौजुदगिमा अनि आफुले गर्न नसकेको कुनै बिरोधले आफुलाई लज्जित तुल्लाएको थियो ।

सुत्न पनि रविलाई बाहिर त्यहि खाटमा एउटा गुन्द्रि अनि कम्बल दिएका थिए र मणिलाई तालमा राम्रो बिस्तरा थियो तर पनि आज उसलाई सियौँ बिच्छाएर सुताएको जस्तो महशुष भएको थियो ।

पछिल्लो बर्षकै कुराहो– मणि र रविले एउटा प्रशिक्षण कार्यक्रममा रविले शाररिक प्रशिक्षण र मणिले सामाजिक बिज्ञान र छुवाछुतको बारेमा लामु प्रशिक्षण दिएका थिए, त्यो आज आफैमा बितेको छ ।

जातिए असमानताको उन्मुलन गरेर समाजलाई छुवाछुत मुक्त कसरी गराउँने ? भन्ने प्रश्नको उत्तरमा मणिले वेहिचकिच आफैबाट सुरु गर्नुपर्छ समाजमा रहेको जातिय बिभेद सामाजिक कलंक र रोग हो भन्दै उक्त बिषय टुंगाएको थियो । मणिले आफुलाई बाहुँन जातिको कैहिलैई सम्झिन । बरु जातिय मुक्तिका कुराहरु अरुलाई सम्झाउँने गथ्र्यो, उस्ले जनै पनि लगाएन । तर आज आफै मणि असाय अबस्थामा थियो । यो बिचारलाई लागु गर्नै नसक्ने अबस्थामा मणिले उक्त परमपरालाई मौन समर्थन गर्नु सेवाए के गर्न सक्थ्यो ? यहाँ उसको कुरा बुझ्ने समस्यासँग साहनुभुति राख्ने नै को थियो ? उसले चाहेर पनि रवीलाई भित्र बोलाउन सक्ने अबस्था नै थिएन । यहि पिडाले आज उसलाई सताएको थियो र निद्रा आँखाबाट हराएको कारण यहि नै थियो ।

तर रवि एउटा जुझारु संगठानिक कार्यकर्ता थियो उसले मणिको हृदयमा लागेको चोटलाई अनुभव गर्न शक्षेम थियो,उसलाई पनि मणिलाई लागेको यो चोटले निद्रा लागेको छैन् भन्ने लागेकै थियो ।

मणिले आफ्नो घरमा यस्तो भेदभाव कहिले गरेको थिएन, तर आज त मणि बिवस नै थियो । मानिसले आफुमा लागु गर्न सक्छ तर आफ्नो चाहानालाई अरुमा लाद्न कठिन हुन्छ । भलैई त्यो सहि किन नहोस् । यहाँ नता कसैलाई सम्झाउँन सक्किन्थ्यो न कुनै बिचार सँग बिद्रोह नै गर्न सक्किन्थ्यो । यहाँ ति बृद्धा वा ति ओबोध बालिकाहरुको आँसुले मात्र बिरोध गर्न सक्थे होलान् । यदि परम्पराको बिरोध गरेको भए ।

बिहान सबेरै मणि उठेर बाहिर आयो रवी पनि उठेर एउटा “जातिय समता समाजको पुस्तक” पढ्दै थिए । निद्रा लाग्यो ? रवि तिर हेर्दै मणिले सोध्यो, हँ राम्रै लाग्यो मलाई । रविले मणितिर नजर घुमाउँदै भने । मणिको नजर रविको आँखा तिर जुध्न सकेको थिएन् । त्यसबाट उसको सर्मिन्दगि साफ साफ झल्केको थियो । रवि दलित जातिको एउटा पढे लेखेको जुझारु कर्मठ र असल गुणभएको ब्यक्तित्व हुन्, उनले मणिलाई घृणा होइन बरु सदभाव राख्छन् ।

उनीहरु त्यहाँ बिदा लिएर छिट्टै, आफ्नो गन्तब्य तर्फ हिँड्छन, मणि जी यो तपाईँको र मेरो मात्रै समस्या होइन । बरु हाम्रो सम्पुर्ण समाजको मनुवादी चिन्तनको परिणाम हो– भन्दै मणिलाई सम्झाउँने प्रयात्न गर्छन्, बाटोमा हिँड्दै गर्दा । यार म धेरै सर्मिन्दा छु, मलाई रातभरि निद्रा पनि लागेको छैन, भन्दै मणिले सफाई दिने प्रयत्न गर्छ, अनि क्षमा याचना गर्छ ।

ओहो ! यसमा तपाईँले सफाई दिनुनै पर्दैन, मैले मेरा आँखाले देखेपछि यदि म हजूरको ठाउँमा हुन्थे भने मैले पनि त यहि नै गथ्र्यें हौला । मणिलाई दिलासा दिँदै रविले भन्छन् । मणि जी यो बाहुनको र दलितको मात्रै समस्या होइन न कुनै एउटा जातले चाहेर मात्रै समस्या हल हुन्छ । यो त समाजिक रोग हो । दलितहरुको भित्र पनि हामीले छोएको कामिहरुले खाँदैनन् । यहाँ जातिय बिभेदहरु दलित भित्रका उपजातिहरुमा पनि छ, बाहुन र क्षेत्री उपाध्य र जैसी, कामी र सार्कि आदि जात उपजातहरुको बिचमा पनि सर्वत्र देखिन्छ, यसलाई समाधान गर्न लामो संघर्ष गर्नु पर्छ, भन्दै आफ्नो कुराको बिट मार्छन् रविले ।

तर यो असमानतालाई बिस्तारै मिच्दै जानुपर्छ भन्दै मणिले आफुले अहिले मिच्न नसकेकोमा आफुलाई पछुतो भएको बिचार ल्याउँछन् । त्यो तपाईको भावना मात्र हो । बस्तुगत अबस्था थिएन, त्यसकारणले तपाईँको आत्मगत अबस्था सार्थक हुँन सकेन । उनको कुरालाई बिचमै काट्दै रविले भन्छन– तपाईँ र मैले चाहेर हाम्रो बिचमा मात्रै छुवाछुत मिटाउँछौ तर समाजबाट छुवाछुतको अन्तः गर्न समाजलाई नै डोराउँन सक्नु पर्छ । त्यो अबस्था बिस्तारै आउँछ । आपसमा छलफल गर्दै जाँदा त्यो ठाडो उकालो पनि कति छिट्टै काटिएछ पत्तै लागेन । एक्कासि दो बाटोमा पुगेर ठिङ्ग उभिए दुबै मित्र यहाँबाट रविको र मणिको गन्तब्य पुग्ने बाटो छुट्टिन्थो । तर उनीहरुको असली गनतब्य त समतामुलक समाज हो जो निरन्तर बर्ग संघर्षले मात्रै पुराउँन सक्नेछ ।

मणिलाई कताकता अझै पनि बिझाए कै भान हुन्थ्यो तर यहाबाट बाटो फाटेकोले छुट्टिनु भन्दा पहिले दुबैले एक आर्कासँग हात मिलाउँछन् र बिदाईको संकेत स्वरुप हात हल्लाउँदै बिदा हुन्छन् ।
२३ फरवरी २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार