जनजाति सम्मेलनलाई शुभकामना

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आफ्नो स्थापना दिवस वैशाख ३ गतेको अवसरमा सम्पूर्ण जनजाति तथा गैरजनजाति समुदायमा शुभकामना व्यक्त गरेको छ । २०७७ वैशाख ३ गते नै अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा प्रेसवक्तव्य जारी गर्दै जनजाति सम्मेलनले शुभकामना व्यक्त गरेको हो ।

वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमणका कारण स्थापना दिवश सार्वजनिक कार्यक्रमको आयोजना गरी मनाउन नसकिएकोमा जो जहाँ छौँ, त्यहीबाट आत्मसमीक्षा गर्दै अझ बढी व्यवस्थित, योजनाबद्ध र सक्रिय हुन आग्रह गरिएको छ । नयाँ वर्ष २०७७ को शुभकामना र कोरोना भाइरसको सङ्क्रमणप्रतिको सतर्कता व्यक्त गरिएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ :

“आज वैशाख ३ गते अखिल नेपाल जनजाति सम्मेलनको चौतिसौँ स्थापना दिवस हो । स्थापना दिवसको सन्दर्भमा हामीले जनजाति सम्मेलनको तर्फबाट सम्पूर्ण जनजाति तथा गैरजनजाति न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

भर्खरै नयाँ वर्ष २०७७ सुरु भएको छ । अहिले कोरोना भाइरस सङ्क्रमणको समस्याले विश्व नै आक्रान्त भएको छ । यो महासङ्कटबाट मानवजातिको एकीकृत प्रयासले पार पाउने छ र पुनः आफ्नो लयमा मानव समाजको गति अगाडि बढ्ने छ भन्ने आशासहित सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

हरेक साल वैशाख ३ गते हामीले कुनै कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउँथ्याँै । यसपालि कोरोना भाइरस सङ्क्रमणको खतराका कारण लकडाउनमा बस्नुपर्ने भएकाले कुनै पनि कार्यक्रमको आयोजना गर्न सम्भव भएन । तथापि हामी जहाँ छौँ, विगतको आत्मसमीक्षा गरौँ र भविष्यमा अझ बढी व्यवस्थित, योजनाबद्ध र सक्रिय हुने प्रण गरौँ । स्थापना दिवसले हामी सबैलाई यही उर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छौँ ।

जातीय र सांस्कृतिक रूपले खोलिएका जनजाति सङ्गठन नेपालमा धेरै पहिलेदेखि कृयाशील थिए तर जनजातिलाई राजनीतिक रूपले सचेत र सङ्गठित गरेर मात्र उनीहरुको मुक्ति सम्भव छ भन्ने धारणासहित स्थापना भएको यो पहिलो सङ्गठन हो । यसले नेपालको राष्ट्रियताको आन्दोलन, २०४६ र २०६२–६३ को जनआन्दोलन, २०५७–५८ को भाषा आन्दोलन, सङ्घीयता र जातिवाद÷क्षेत्रीयतावाद विरुद्धको सङ्घर्ष, नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न गरिएका सङ्घर्ष उल्लेखनीय छन् ।

२०७४ को माघमा इटहरीमा चौथो महाधिवेशन सम्पन्न भएयता प्रदेश भेला, केही जिल्ला सम्मेलन र जिल्ला भेला, मुक्तकमैयाका विषयलाई लिएर कञ्चनपुर–दाङ अभियान, प्रकाशनका कार्य, राष्ट्रिय जनमोर्चाले आयोजना गरेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाकासम्बन्धी विभिन्न सङ्घर्षमा सहभागितालगागायतका काम भएका छन् । पूर्व निर्धारित कार्यक्रम कोरोना भाइरसले निम्त्याएको समस्याका कारण स्थगित भएका छन् । भविष्यमा उक्त कार्यक्रम सम्पन्न गरिने छ ।

अहिलेसम्म विश्वभरि २० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण, एक लाख २६ हजारभन्दा बढीको मृत्यु र चार लाख ७८ हजारजना सञ्चो भएर अस्पतालबाट घर फर्किएको अवस्था छ । नेपालमा पनि यो वक्तव्य लेख्दासम्म १६ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ । तीमध्ये धेरैजसो विदेशबाट आएका छन् । विदेशबाट आएकाले स्थानीयलाई रोग सारिसकेको अवस्था छ । यदि व्यक्तिबाट समुदायमा रोग स¥यो भने भयावह स्थिति आउने छ । त्यो स्थिति आउन नदिन हामी सबैले सतर्कता अपनाउनुबाहेक अर्को विकल्प छैन ।

यो विपत्तिका बेलामा भ्रष्टाचार, कालोबजारी र जिम्मेवारविहीन काम भएका समाचार आएका छन् । त्यस किसिमका मानवता र समाज विरोधी क्रियाकलाप गर्ने तत्त्लाई अविलम्ब कडा कारबाही गरियोस् । पहिलो कुरा वास्तविक विपन्न वर्गकोमा राहत पुगेको छैन । दोस्रो कुरा राहत वितरणमा पारदर्शिता कायम हुन सकेको छैन । खासगरी दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई सङ्कट सृजना भएको छ । सरकारी निकाय, राजनीतिक दल, सङ्घ÷सङ्स्था सबैले विपन्न वर्गलाई विपत्तिमा सहयोग गर्न आवश्यक छ । अहिले मूल रूपमा हाम्रो सङ्गठनका नेता तथा कार्यकर्ता साथीहरू लकडाउनमा बस्नुपर्ने छ ।तर स्थानीय प्रशासनसँग समन्वय गरेर राहत वितरण वा उद्धारका कार्यमा लाग्न सक्नुहुने छ । यस्तो बेलामा स्वास्थ्यकर्मी, फिल्डमा खटिने सुरक्षाकर्मी स्वयम्सेवीलाई उत्साहित बनाउने कार्य गरौँ । असामाजिक तत्त्वले फैलाउने अफवाहका पछाडि नलागौँ । धैर्यता, सतर्कता, आपसी सहयोग र सद्भावले यो विपत्तिबाट पार पाउन सम्भव हुने छ ।

अन्त्यमा पुनः हाम्रो सङ्गठनको चौतिसौँ स्थापना दिवसको सन्दर्भमा र नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार