१३१औं मई दिवसको सन्दर्भमा

  • –समीर सिंह
श्रमजीवी जनताको हक र अधिकारको पक्षमा विश्वभरि नै विभिन्न प्रकारका संघर्षहरु हुँदै आएको गौरवमय इतिहास छ । त्यसप्रकारका संघर्षहरुका कारण नै विभिन्न प्रकारका परिवर्तनहरु पनिहुँदै आएका छन् । विभिन्न प्रकारका विभेद र शोषणहरुको अन्त्य हुँद समाज तथा राज्यले नयाँ–नयाँप्रकारले काँचुली फेर्दैै आएको प्रष्ट नै छ । विभिन्न प्रकारका संघर्षहरु मध्ये सन् १८८०मा अमेरिका कामजदूरहरुले शुरु गरेको संघर्षलाई एउटा महत्वपूर्ण घटनाको रुपमा लिने गरिन्छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरंजनको विषयलाई लिएर उठान गरिएको सो आन्दोलन, १ मई १८८६ सम्ममा उच्च रुप लिएको थियो । वर्कस टाइम्सका सम्पादक अगष्ट स्पाइसको सो आन्दोलन अगाडि बढाउन महत्वपूर्ण भूमिका थियो । शिकागो शहरको हे मार्केट, मजदूर आन्दोलनको केन्द्र बिन्दू थियो । ५ लाख मदूरहरु विशाल हडतालमा सहभागि भएका थिए, शिकागो शहरमा मात्र असी हजार मजदूरहरु प्रदर्शनमा उत्रिएका थिए । त्यति बेला प्रहरीको व्यापक दमनका कारण कैयौं मजदूर र प्रहरीको मृत्यु भएको थियो । आन्दोलनलाई दमन गर्न मजदूर नेताहरु अल्बर्ट पार्सन्स, अगष्ट स्पाइस, सेमुयल फिडेल, ओस्कर नेबे, मिखाइल स्काउब, जर्ज एंगेल, एडोल्फ फिसर र लुइस लिंगेलाई तुरुन्तै गिरफ्तार गरियो । जस मध्ये पार्सन्स, स्पाइस, एंगेल र फिसरलाई मृत्यु दण्डको सजाय दिइएको थियो । जब किलिंगेको मुखमा बिष्फोट गराइएको थियो । तर आन्दोलन रोकिएन । मजदूर आन्दोलनले विश्वव्यापी रुप ग्रहण गर्दै गयो । अन्ततः मदजूरहरुको आन्दोलनले सफलता पाएरै छाड्यो । कार्ल माक्र्स समेत सहभागि भएको सन् १८९० को दोश्रो अन्तर्राष्ट्रियले १ मेलाई विश्वव्यापी रुपमा मनाउने घोषणा गर्यो । त्यही मजदूर आन्दोलनलाई संस्मरण गर्दै विश्वभरि नै मई दिवस मनाउने प्रचलन चल्दै आएको छ । त्यही सन्दर्भमा अहिले हामी विशेष परिस्थितिका बीच १३१औं मई दिवस मनाउन गैरहेका छौं ।
मई दिवसले हामीलाई दिएको सन्देश भनेको ‘संघर्ष गरेपछि नै अधिकार पाइन्छ’ भन्ने हो । संघर्ष किन गर्नु पर्यो ? किनकि समाज तथा राज्यवर्गीय रुपमा विभाजित छ, आधारभूत रुपले हुने खाने वर्ग र हँुदा खाने वर्गको रुपमा । विभिन्न वर्गीय स्वार्थहरुका कारण नै संघर्षहरु हुने गर्दछन् । आदिम साम्यवाददेखि अहिलेसम्मको मानव जातिको इतिहासलाई अध्ययन् गर्ने हो भने पनि विभिन्न वर्गहरुको स्वरुपमा परिवर्तन हुँदै आएको छ । तर वर्गसंघर्ष कहिले अन्तभएको छैन । समाज र व्यवस्थामा नयाँ–नयाँ अन्तरविरोधहरु देखापर्ने गर्नछन् र त्यही अन्तरविरोधहरुका बीचबाट वर्ग संघर्ष नयाँप्रकारले उठान हुने गर्दछ । अन्ततः परिवर्तन भएरै छोड्छ । पूरानोको अन्त र नयाँको उदय हुन्छ । पुरानो समाज, व्यवस्था, संस्कृतिको अन्त हुन्छ र त्यसको स्थान, नयाँले लिन्छ । यो नै समाज तथा व्यवस्थाको ऐतिहासिक भौतिकवादी मान्यता हो ।
अहिले नेपाली समाजमा पनि नयाँ–नयाँ अन्तरविरोधहरु सिर्जित हुँदै गैरहेका छन् । राज्यले आमश्रमजीवी जनताका मूलभूत समस्याहरु समाधान गर्न नसकेको अवस्था छ । मंहगी, बेरोजगारी, भष्टाचार, कमीसन तन्त्र, जातीय तथा क्षेत्रीय विभेद बढ्दै गैरहेको अवस्था छ । धनी झन धनी हुँदै जाने तथा गरीब झन गरीब हुँदै गैरहेको अवस्था छ । यसरी वर्गीय खाडल झन बढ्दै गैरहेको प्रष्ट नै छ । दलाल पूँजीको आकार बढ्दै जाँदा देशको अर्थतन्त्र ओरालो लाग्दै गैरहेको छ । साम्राज्यवादी संस्कृतिको हाली मुहाली बढ्दै गैरहेको छ । देशमा आफुलाई बामन्थी भन्नेहरुको सरकार भए पनि यी अन्तरविरोधहरुले झनै भयानक रुप लिदै गैरहेको अवस्था छ । परिणाम यो भएको छ किमजदूर तथा किसानहरुको दैनिकी झनै कष्टकर बन्दै गैरहेको छ । आज मजदूर दिवस मनाई रहेको सन्दर्भमा श्रमजीवी जनताका यी समस्याहरु र चुनौतिहरुप्रति पनि हामी गंभीर हुनु पर्ने आवश्यकता छ ।
कोरोना भाईरसले विश्व नै आतंकित छ । हाम्रो देशपनि यो आतंकबाट मुक्त हुन सकेको छैन । विशेष गरेर यो महामारिका कारण श्रमजीवी जनता बढी पिडित छन् । दिनभरै काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवी जनताको अवस्था निकै पिडादायी हुँदै गैरहेको छ । रोग मात्र होइन, भोकसित कसरी लड्ने ? यो प्रश्न गंभीररुपमा तेर्सिएको छ । विश्वव्यापी महामारीले मजदूरहरुको अगाडि नयाँ परिस्थिति सिर्जना हुँदै गैरहेको छ । करोडौ मजदूरहरुले आफ्नो रोजगारी गुमाउने स्थिति सिर्जना भएको छ । रेमिट्यान्स अर्थतन्त्रले धानिएको हाम्रो मुलुकलाई त यसले अझ विशेष प्रभाव पार्ने छ । यी विभिन्न प्रकारका समस्याहरुका विरुद्ध सिगों राज्य एकजुट भएर लाग्नु पर्नेमा सत्तामा बसेकाहरु फोहोरी राजनीति गर्न मै व्यस्त छन् । उनीहरुको फोहोरो राजनीतिले जनताबाट उनीहरु झनै घृणित हुँदै गैरहेको अवस्था छ । त्यसपकारको फोहोरो राजनीतिका विरुद्ध सशक्त प्रतिरोधी आवाजहरुको आवश्यकता देखिएको छ । परिवर्तन कामीजनताको सशक्त आवाजले नै अहिलेका जटिलताहरुको समाधानको दिशामा केहि न केहि भए पनि भूमिका निर्वाह गर्ने सक्ने छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारीको मूलकारण पूँजीवादी राज्य संरचना नै हो । नाफाको लागि बढी भन्दा बढी प्रकृतिको दोहन गर्ने उसको पद्धतिका कारण नै पर्यावरण प्रतिकुल हुँदै गैरहेको अवस्था हो । कार्बन उत्सर्जनको मात्रा बढ्दै जाने, ओजोन लेयर पातलो हुँदै जाने, प्रकृतिमा शुद्ध अक्सीजन दुषित हुँदै जाने, रासायनिक खाने कुराले मानव जातिको प्रतिरोधी क्षमता घट्नै जाने, यी सबै कारणलने नै नयाँ– नयाँ भाइरस निर्माणको लागि अनुकुल स्थिति सिर्जना हुँदै गएको अवस्था हो । माक्र्सवादले पहिले भविष्यवाणी गरेको थियो, ‘पूँजीवादले आफ्नो खाल्डो आफै खन्छ तथा नाफाको लागि पूँजीवाद सिंगो मानव जातिको विरुद्ध क्रियाशील हुन्छ’ । आज माक्र्सवादले भने जस्तै सिंगो मानव जाति त्यही अवस्थाबाट गुज्रीनु परेको छ । अहिलेको बिषम परिस्थितिबाट पनिस्पष्ट हुन्छ, पूँजीवाद र विश्व साम्राज्यवाद मानव जातिको हितमा छैन । उसको उदेश्य, बढी भन्दा बढी शोषण गरेर अतिरिक्त मूल्य आर्जन गर्नु मात्रहो । यसको विकल्पमा समाजवादी दिशामा अग्रसर हुनु नै परिवर्तनकामी जनताको हितकर हुन्छ ।
विश्वस्तरमा माक्र्सदेखि माओसम्मका महान् नेताहरुको सकारात्मक पक्षहरुको अनुशरण गर्दै न्याय र समानताको पक्षमा आफुलाई उभ्याउनु नै सहि कदम हुन्छ । आजको मई दिवसको सन्दर्भमा पनि हामी सबैले यो बिषयमा प्रतिबद्धता जाहेर गर्नु पर्दछ । विश्व भरिका श्रमिक जनताको अधिकार, संघर्ष र परिवर्तनको परम्परा निरन्तररुपमा बढ्दै जानेमा हामी विश्वस्त हुनु पर्दछ । अन्तमा, अगष्ट स्पाइसले आफ्नो मृत्युदण्डको समयमा भनेको यो धारणा, त्जभ तष्mभ धष्िि अयmभ धजभल यगच कष्भिलअभ धष्िि दभ mयचभ उयधभचाग ितजबल तजभ खयष्अभ थयग कतचबलनभि तयमबथ। १३१औं मई दिवस जिन्दावाद । संसारका मजदूर एक हौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार