मार्क्स दुनियाँ भरिका मान्छेका लागि लडे

सुरेशकुमार पाण्डे

आज भन्दा दुई सय बर्ष पहिले जन्मिएका कार्ल हेनरिख मार्क्स सारा जीवन भ्रमको बिरुद्धमा वास्तबिकताको लागि लडे । उनैले यो मानव समाज बिकासको वैज्ञानिक पद्धतिलाई खुट्टाले टेकेर उभिन सिकाए । मार्क्सले प्रतिवादन गरेको सिद्धान्त वैज्ञानिक जगमा उभिएको भएरनै सदा बहार भयो ।

५ मई १८१८ मा जर्मनको प्रसा प्रदेशको त्रियर नगरमा जन्मिएका मार्क्स आज संसारभरीमा संघर्षशिल छन् । आज पनि उनैको दर्शनले यो चराचर प्राकृति र मानव जगतमा मुख्यतय उनैको दर्शनले संघर्ष गरिरहेको हामी पाउँछौँ । मार्क्सवादी दर्शनले आज भौतिकवादको प्रतिनिधित्व गरिरहेको छ ।

कार्ल मार्क्स एउटा राम्रो सचेत र सम्पन्न परिवारमा जन्मिएका हुन । उनका पिता हेर स्केल हाईनरिक एउटा यहूदि परिवारका हुन् पेशाले उनी वकिल थिए । जस्ले पछि मार्क्स ६ बर्षको छँदा धर्म परिवरतन गरेर ईसाई प्रोटेस्टेन्ट धर्म अगाले ।

मार्क्स सानैदेखि बिलक्ष्ण प्रतिभाशाली सम्पन्न थिए । उनले १७ बर्षमा छँदा एउटा निबन्ध लेखे “आफुलाई मन पर्ने जीवन बृति लिनु भन्दा पहिले एउटा तन्नेरीको बिचार”मा भनिएको थियो– जुन जीवनका वृतिका लागि हामी आफुले आफुलाई अति योग्य सम्झिन्छौ, परन्तु हामी त्यसलाई चिन्दैनौ । यो भन्दा पहिले हामीले आफ्नो सामाजिक सम्बन्ध निर्माण गरौँ ।” वास्तबमा उनलाई कलिलो उमेरमै सामाजिक ज्ञान भै सकेको थियो । समाजप्रति शुक्ष्म दृष्टिकोण नै उनको बाल्यकालको उच्च गुण थियो । जस्ले पछि महान ब्यक्तित्वमा स्थापित गर्यो । उनको प्रारम्भिक शिक्षादिक्षा त्रियर नगरमै भयो । सबैका आमा बाको आफ्नो औलादलाई समपन्न बनाउने हुन्छ । त्यस्तै मार्क्सका पिताले पनि उनलाई आफु जस्तै वकिल बनाउन खोजेका थिए । मार्क्सले १७ बर्षमा मैट्रिक पास गरे पछि उनलाई बोन विश्व बिद्यालयमा कानून् अध्ययन गर्न पठाए तर उनलाई कानून्मा बढि रुचि थिएन । त्यहाँ बाल्यकाल कि साथी जैनि बेष्ट फालेनसँग मार्क्सको भेट भयो । जैनिले पनि त्यहिं अध्ययन गर्दै थिईन । उनी एउटा सम्पन्नशाली परिवारकि छोरी थिईन् । उनको दाजु फान बेष्ट फालेन पछि घोर प्रतिकृयावादी सरकारमा मन्त्रि भए ।

जैनिसँगको मार्क्सको प्रेम बढ्दै गएको थाहा पाए पछि उनलाई पिताले बार्लिन विस्व बिध्यालयमा सारेका थिए । त्यहा मार्क्सले ईतिहास र दर्शन शास्त्रको अध्ययन गर्न थाले ।

त्यो बेला बार्लिनमा हेगेलवादी बिचारहरुको ब्यापक प्रचार थियो । मार्क्सले पनि हेगेलका बिचारबाट प्रभावित भए र अध्यायन गर्न थाले । उनको जैनिसँग पनि पत्रचार निरन्तर जारि रहयो । उनी दुबैको बिचमा प्रेम प्रगाढ बन्दै गयो उनीहरुको बिचार मिल्थ्यो ।

१८३८ ई.मा मार्क्सका पिताको मृत्यु भए पछि मार्क्सले दर्शन शास्त्रमा डाक्टरेटको लागि सोध कार्या सुरु गरे । उनले प्राचिन दार्शनिकहरुको दार्शनिक बिचारहरुलाई गहिरो अध्ययन गरे । १८४१ मा युनानका प्राचिन दार्शनिक’ डेमोक्रयाईटस् र एप्पि क्युरसको प्रकृति दर्शनमा रहेको अन्तरलाई सम्पष्ट गर्दै खोज पत्र तैयार पारे । त्यहि निबन्धमा उनलाई जेना विस्व बिद्यालयद्वारा डाक्टरेटको उपाधि पनि मिल्यो ।

उनको आर्थिक स्थिति कम्जोर भए पछि उनी प्राध्यापक बन्न खोजे तर उनका बिचार क्रान्तिकारी भएकाले त्यो पुरा हुन् सकेन । उनी सरकारको आलोचक भए र रुढिवादी तथा अन्धबिस्वास, सरकारका जनविरोधी गतिबिधिको बारेमा आलोचना र भण्डाफोर्ड गर्ने उदेश्यले पत्रिका प्रकाशन सुरु गरे तर पत्रिका केहि समय पछि प्रसाको सरकारले रोक लगायो । उनको चेवा गर्न गुप्तचर खटायो । यस्तो अबस्थामा मार्क्सले देश छाड्ने निधो गरे । पेरिसबाट मार्क्सका साथीहरुले ५०० थेलरको प्रबन्ध मिलाई दिएपछि उनी १९ जुन १८४३मा जेनिसँग बिबाह गरेर पेरिस पुगे ।

त्यहाँबाट “जर्मन फ्रेञ्च बर्ष पत्र” को सम्पादन सुरु गरे । त्यसको प्रथम अंकमा मार्क्सका महत्वपूर्ण दुईवटा लेखहरु प्रकासित भए । एउटा हेगेलको भाववादी दर्शको समालोचना र आर्को यहूदिहरुको प्रश्न, यि लेखहरुमा वर्गसंघर्ष र समाजवादको रुप रेखा कोरिएको थियो । त्यसैका कारण त्यहाँको प्रसाको सरकारले मार्क्सलाई वारन्ट जारि गर्याे । यसै अंकमा एंगेल्सका पनि दुईवटा लेख छापिएका थिए । जसलाई पढेपछि मार्क्स एगेल्शका बिचारबाट काफि प्रभावित भए र पत्र लेखेर सम्पर्क गरे । त्यो पत्रिका परिवारभित्रैको बिवादले पछि बन्द भयो ।

एगेल्ससँगको गाढा मित्रता जीवन भरीनै रहिरह्यो । मार्क्सले अर्थ शास्त्रको गहन अध्यायन सुरु गरे उनी मज्दुरहरुको संघर्षमा पनि लगातार सहभागि हुँदै प्रत्येक संघर्षको गहिरो अध्ययन र बिष्लेषण गर्थे । उनले फ्रान्सेली क्रान्तिमा प्रभाव पार्ने भौतिकवादी बिचार धाराको गहन अध्ययन गरे ।

सन १८४४ मा एगेल्स पेरिस आएर कार्ल मार्क्ससँग भेट गरे । त्यो भेटमा उनीहरुले संयुक्त रुपमा “पबित्र परिवार र आलोचनात्मक आलोचनाको आलोचना पुस्तकहरु लेखे । त्यो बेला पेरिसबाट “अँघि बढ !” भन्ने पत्रिका प्रकाशित हुन्थ्यो । मार्क्सले आफ्ना लेखहरु त्यहि पत्रिकामा छपाउन थाले तर त्यहाँको सरकारले मार्क्सलाई फ्रान्स छाड्ने आदेश जारि गर्यो । उनी फ्रान्सबाट बेल्जिएमको राजधानी आए ब्रुशेल्स गए । त्यो खबरले एगेल्सलाई पिर पर्यो । केहि दिनपछि एगेल्स पनि ब्रुशेल्स पुगे । दुबै जनाले ईग्लैण्डको भ्रमणगरे त्यहाँका मजदुरहरुको गतिबिधी बुझे र चार्टिशहरुलाई समर्थन गरे ।

त्यहाँबाट फर्केपछि मार्क्सले एगेल्शको सहयोगमा १८४६ मा “कम्युनिष्ट सम्वाद समिति” गठन गरे । यो बिभिन्न देशमा समाजवादी आन्दोलन सञ्चालन गर्नु, श्रमिक र प्रगतिशिल वर्गमा संगठानत्मक एकता कायम गराउनु संगठनको उदेश्य थियो ।

१८४७ मा मार्क्सले प्रुधो को “दरिद्रताको दर्शन” नामक पुस्तको आलोचना गर्दै उनका बिचारहरुको खण्डन गरे र “दर्शनको दरिद्रता” नामक ग्रन्थको रचना गरे । जस्मा मार्क्सले ऐतिहासिक भौतिकवादको रुपरेखा पेस गरेका छन् । १८४७ ई.मै बेलायतको एउटा मजदुर संगठनले आफ्ना प्रतिनिधिहरु पठाएर मार्क्स एगेल्सलाई आफ्नो संस्थामा निमन्तर्ण गर्यो । उनीहरु पनि त्यो संस्थामा गएर त्यसलाई “कम्युनिष्ट लीग” भन्ने नाम दिएर अन्तर्राष्ट्रिय स्तरमा बिकास गरे । त्यसै संस्थाको दोस्रो अधिबेशनले “लीग” भन्नेको घोषणा पत्र तैयार पार्न मार्क्स र एगेल्सलाई जिम्मा लगायो । परिणाम विस्वप्रशिद्ध “कम्युनिष्ट पार्टीको घोषणा पत्र” तैयार भयो ।

मानव जगतमा यो नै सर्वाधिक चर्चित, महत्वपूर्ण र महान प्रेणा दायक कृतिको रुपमा प्रशिद्धि पायो । जो पछि १८४८ मा पुष्तिकाको रुपमा छापियो र अहिले लगभग संसारभरीका भाषाहरुमा छापिएको मध्यको कम्युनिष्ट घोषणा पत्र हो ।

१८४८ पछि यसको उदय पछि फ्रान्स, जर्मन, अमेरिका, ल्याल्टिन अमेरिका बेलायत आदि देशहरुमा क्रान्तिलाई जन्मायो । पछि १८४९ को अगस्तमा मार्क्स लण्डन गएर बाँकि जीवन त्यँहि गुजिरे । उनलाई आर्थिक संकटले पनि बिचलित गर्न सकेन । दुईवटा छोरा गिडो एक बर्षको र एडगार नौ बर्षको एउटी छोरी बाल्याकाल मै बिते । एडगारको मृत्युमा कफन किन्न नसकेर आफ्नो कोट च्यातेर कात्रो बनाएको हृदय बिदारक घटनाले कसलाई भाबुक पार्दैन । उनले १८६७ मा पर्थम खण्ड पुँजीको प्रकाशन गरे । दोश्रो र तेस्रो पछि एंगेल्सले प्रकाशित गराए ।

मार्क्सले १८६४मा प्रथम अन्तर्राष्ट्रियको गठन गरे तर त्यो १८७४मा बिघटन भयो । पछि १८८१ मा उनी पत्नी बियोगमा परे । आर्थिक दुराचार, अत्याधिक कामले गर्दा १८८२ मा उनी बिमार हुन् थाले र १८८३ को मार्च १४ मा उनको पनि ६४ बर्षको आयुमा मृत्यु भयो । उनका तीन वटी छोरीहरु जिवित थिए ।

आज मार्क्सको भौतिक शरिर हाम्रो माझमा छैन तर पनि उनको दर्शनले विस्वब्यापि रुपमा सम्पुर्ण मानव जगतको लागि प्रेणा प्रदान गर्दै आएको छ । उनैले प्रतिवादन गरेको बर्गसंघर्षले रुसमा अक्टुवर क्रान्ति गरेर लेनिनले पुष्टि गरे । २०३ औं मार्क्स दिवशको अवसरमा सबैले उनको दर्शन शास्त्रबाट प्रेणा लिंनुनै सच्चा श्रद्धान्जली अथावा सम्मान हुन्छ ।

४ मई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार