जो अनिश्वरबादी थिए, उनैलाई ईश्वर बनाई दिए

सुरेशकुमार पाण्डे

नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमा ई.पू ५६३ मा बैशाखी पूर्णिमाका दिन जन्मीका गौतम बुद्धको २५६३ औं जन्म दिवस दुई दिन पहिला विश्वका विभिन्न देशहरुमा मनाइएको छ । हाम्रो देशको मात्र नभै संसार भरिका मानिसहरुका लागि प्रेणाको श्रोत्र बन्न सफल गौतम बुद्ध पिता राजा सुद्धोदन र आमा महामाया थिईन तर जन्म भएकोको सात दिनपछि उनकी आमाको निधन भएको थियो । सानी आमा गौतमीको पालन पोषणबाट हुर्किएका बुद्धले संसार परिवर्तनशील भएको बताउँथ्ये । १६ बर्षको आयुमा दण्डपाणी शाक्यकी छोरी यशोधरासँग उनको विवाह भएको थियो ।

गौतम बुद्धले एउटा बस्तु नष्ट भएर अर्को बन्ने प्रकृया निरन्तर चलिरहन्छ भन्ने गर्थे । जो पछिका दार्शनिक डार्विनले निषेधको निषेध नियम पत्ता लगाए र देखाए । वैज्ञानिक तर्कानुसार “कुनै पनि चिजलाई समयानुसार बदलिन्छ वा, मर्छ । यो चराचर जगतमा निषेधको निषेधले गुणात्मक बिकास पनि गरेको छ ।” मानौं एउटा मकैको दाना सहि पुस्ट हुन्छ भने त्यसबाट एक माना मकै फल्छ । त्यो भन्दा पहिले मकैको दाना जब बिरुवामा परिणत हुन्छ, उसले दानालाई नष्ट गर्छ, जब बिरुवाबाट बोट बन्दै मकैका घुँघा लाग्छन्, बोटलाई सुकाई दिन्छन् । यहि निषेधको निषेध नियमको प्रकृया हो, जो पछि डार्विनले पत्ता लगाए, तर यो कुरा हजारौँ साल पहिले गौतम बुद्धले भन्ने गर्थे ।

बस्तु चाहे भौतिक होस् वा अभौतिक, अनादिकालसम्म रहिरहने र नफेरिने कुनै चिज छैन । गौतम बुद्धले आत्मालाई पनि परिवर्तनशिल मान्द थिए । बेद र कर्म काण्डको मात्रै बिरोधी थिएनन् उनी ब्यक्तिगत सम्पत्तिको पनि कटर बिरोधी थिए । बरु यसो भन्दा ठिक होला कि ब्यक्तिगत सम्पत्तिको नैतिक बिरोध गर्ने ब्यक्तित्व त्यो बेला गौतम बुद्ध नै पहिलो थिए । उनले जोड दिएर भन्थे “सबै मानिसहरुसँग मिलिजुली बस्नु पर्छ । उब्जाएका बस्तुहरु वा पाएका बस्तुहरु सबैले मिलेर बाँडिचुँडी खानु पर्छ र निजि रुपमा कसैले पनि कुम्लाउँनु हुँदैन ।” यसरी बुद्धले बहुजन हितका बिचार उठाए, उनका यस्तै बिचार धाराका कारण कसै कसैले उनलाई साम्यवादी भनेर पनि उल्लेख गर्छन् ।

त्याग, करुणा र अहिंसाका प्रतिक गौतम बुद्ध त्यो शदिमा हाम्रै देशमा जन्मेको गौरवशाली देश हो नेपाल । उनी वास्तब मै एउटा अनिश्वरबादी थिए तर मानव समाजले उनैलाई ईस्वर बनाएर छाडे । उनलाई एउटा सच्चा दार्शनिक भनेर उनले देखाएको बाटोमा समाज हिंड्थ्यो भने हाम्रो समाज अहिलेको यो अबस्थामा हुने थिएन ।

उनलाई कैयौँले देवताको रुपमा पुजे, कैयौँले उनका सालिकहरु स्थापित गरे त्यो छुट्टै बिषय छ, तर कैयौँले उनको जीवन दर्शनबाट ज्ञान हासिल गर्न उनका जीवनहरुको अध्ययन पनि गर्छन् । भारतका संबिधान निर्माता डा. भिमराव अम्बेडकरले उनलाई आफ्नो आदर्शको रुपमा ब्याख्या गर्दै उनीबाट धेरै प्रेणा मिलेको बताउँथे । अहिले छिमेकमा गौतम बुद्धको ब्यापक प्रचार गर्ने गरिन्छ । यसमा उनको के स्वार्थछ भन्ने कुरा साहेद हाम्रा नेताहरुमा लुकेको छैन होला ।

छिमेकीले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तर त्यो भारतमा भएको पनि भन्दै आएका छन् र अहिले पनि ठुलो जोड दिएर हाम्रो देशको सान गौतम बुद्ध भनेर भनेको सुनियो । छिमेकले उनको ब्यापक प्रचार गर्नुमा उसको बेग्लै स्वार्थ होला, तर हाम्रो देशमा उनका बिचार ब्यापक रुपमा नफिजाउनु, प्रचारमा ढिलाइ गर्नुमा के स्वार्थछ यो बुझ्न भने सकिएको छैन ।

ठिक हो । गौतम बुद्ध संसारभरिका लागि प्रेणादायक हुन् तर उनी जन्मेको भूमि नेपाल हो । हामीलाई गौरव छ, जो महान दार्शनिक हाम्रो देशमा जन्मिएका थिए ।

दुःखको बिषय यो छ, एउटा महान दार्शनिकलाई उनले देखाएको बाटोमा हिँड्नु भन्दा उनैलाई एउटा भगवानको रुप दिएर, धुपबत्ति जलाएर, पुजा गर्ने गरिन्छ । उनको बिचारको बिकासमा ध्यान दिनुको सट्टा धुपबत्ति सल्काएर आफ्नो जिम्मेवारीबाट हाम्रो समाज पंछिन्छ । यो समाजले भोलि आउँने दिनहरुमा मार्क्स, लेनिन र माओ समेतलाई देवताको रुप दिएर पुजापाठ र उनको सम्झनामा भजन कृतन गर्न थाल्यो भने पनि आश्चर्य मान्नु पर्दैन ।

गौतम बुद्धको जन्म दिनमा उनको मुर्तिमा माला लगाउँने र धुपबत्ति गरेर उम्किने होइन बरु उनले दिएको शंदेश उनको बिचारलाई अपनाएर उनीप्रति न्याय गर्नु नै सच्चा बुद्धभक्त कहेलाउँने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार