देशव्यापी संघर्षप्रति मसालको ऐक्यबद्धता

काठमाडौं । विभिन्न राष्ट्रिय महत्वका विषयमा चलाउन थालिएको देशव्यापी सङ्घर्षप्रति नेकपा (मसाल) को ऐक्यबद्धता रहने भएको छ । पार्टीको गत साउनमा सम्पन्न पार्टी केन्द्रीय समितिको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा र पार्टी निकटका जनवर्गीय सङ्गठनले तयार पारेका देशव्यापी सङ्घर्षको कार्यक्रमप्रति पार्टीले यस प्रकारको ऐक्यबद्धता जनाएको हो ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६ भदौ १६ गते जारी प्रेस वक्तव्यमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । पार्टीले गत साउनमा सम्पन्न बैठकद्वारा राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, युवक सङ्घले नागरिकताको समस्या र भ्रष्टाचार, अखिल (छैठौ) ले सङ्घीयता, महङ्गी र करबृद्धि, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) ले मजदुर समस्या, अखिल नेपाल किसान महासङ्घले कृषि, भूमि सुधार र तराईको जनतामाथिका शोषण, उत्पीडन तथा भारतको बाँधले निर्माण गरेको डुवान, अखिल नेपाल महिला सङ्घले निर्मला पन्तको बलात्कार, हत्या, हिंसा समेत अन्य समस्या, अखिल नेपाल जनजाति सम्मेलनले जातीय तथा जनजाति समस्या, जातीय समता समाजले सामाजिक भेदभाव तथा छुवाछूत, प्रवासी नेपालीहरूले मताधिकार तथा सम्बन्धित देशका समस्याबारे आन्दोलनका कार्यक्रम सञ्चालन गर्न ठेगान गरेको वक्तव्यमा जनाइएको छ । बक्तव्यमा बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार, लेखक जस्ता सङ्गठनले पनि आफ्नो स्थिति र वस्तुगत आवश्यकता अनुसार सङ्घर्षको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । राजमोले फागुनमा र महिला सङ्घले चैत्र महिनामा सङ्गठनात्मक विस्तार अभियान चलाउने जानकारी दिइएको सो वक्तव्यमा ती देशव्यापी सङ्घर्षको क्रममा एकापसमा एक्यबद्धता जनाउने तथा एकले अर्काको माग वा विषयलाई समर्थन गर्ने विधि निश्चित गरिएको बताइएको छ ।

महामन्त्री सिंहको वक्तव्यमा अगाडि भनिएको छ– “हाम्रो पार्टीको गत श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले विभिन्न राष्ट्रिय विषयहरूमा देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस अनुसार राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको लागि चरणबद्ध सङ्घर्षको कार्यक्रमको घोषणा गरिसकेको छ भने युवक, मजदुर, किसान, विद्यार्थी, महिला, जनजाति, दलित आदिले पनि बेग्लाबेग्लै कार्यक्रम बनाएर तिनीहरूलाई देशव्यापी रूपमा सञ्चालन गर्ने ठेगान भएको छ । नेकपा (मसाल) ले ती सबै आन्दोलनहरूलाई समर्थन गर्ने छ र तिनीहरूसित ऐक्यबद्धता कायम गर्ने छ ।

राष्ट्रिय जनमोर्चाले जुन विषयहरूमा आन्दोलन गर्ने निर्णय गरेको छ, ती विषयहरूले राष्ट्रिय दृष्टिकोणले धेरै नै महत्व राख्दछन् । आजको हाम्रो आधारभूत कार्यक्रम नया“ जनवादी कार्यक्रम हो । नया जनवादी गणतन्त्र हाम्रो रणनीति नारा हो । तर कार्यनीतिक रूपमा हामीले गणतन्त्रको रक्षाका लागि सङ्घर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता भएको छ । अहिले गणतन्त्रलाई समाप्त गर्नका लागि देशका राजावादी तथा सबै प्रतिक्रियावादी शक्तिहरूले पूरा शक्ति लगाएका छन् । भारतीय साम्राज्यवादले पनि धर्म निरपेक्षता समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउन योजनाबद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । त्यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षमा जोड दिएर अत्यन्त सही नीति अपनाएको छ ।
राष्ट्रियताका अगाडि पनि आज अत्यन्त गम्भीर खतरा उत्पन्न भएको छ, खास गरेर भारतीय साम्राज्यवादको कारणले त्यो खतरा गम्भीर भएको छ । सामान्यतः नेपालका विभिन्न राजनीतिक पार्टी र सङ्गठनहरूका भारतपरस्त नीति र विषेशतः मधेशवादी सङ्गठनहरूका पृथकतावादी नीतिहरूका कारणले राष्ट्रियताको अगाडिको खतरा कैयौगुणा बढी गम्भीर भएको छ । धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षमा जोड दिने बेलामा त्यससित जोडिएका अन्य दुईवटा पक्षहरूप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । प्रथम, राजावादीहरूले हिन्दु धर्मलाई हतियार बताएर राजतन्त्रको पुनस्र्थापना गर्ने अभियान चलाइरहेका छन् । त्यसकारण हिन्दु धर्मलाई प्रतिक्रियावादी उदेश्यको पूर्तिका लागि उपयोग गर्ने प्रयत्नको देशव्यापी रूपमा नै भण्डाफोर गर्नु पर्दछ । द्वितीय, साम्राज्यवादीहरूले इसाई धर्मको माध्यमद्वारा आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्नका लागि व्यापक रूपले प्रयत्न गरिरहेका छन् । त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतामा गम्भीर आँच पुग्ने खतरा बढ्दै गइरहेको छ ।

साम्राज्यवादीहरूले इसाई धर्मलाई हतियार बनाएर कैयौँदेशहरूमा राष्ट्रिय विखण्डन गर्ने र साम्राज्यको विस्तार गर्ने कार्य गर्दै आएका छन् । कसैले व्यक्तिगत आस्थाका आधारमा इसाई धर्मलाई अपनाउ“छ भने त्यससित हाम्रो कुनै विरोध छैन तर पैसा, प्रलोभन वा साम्राज्यवादी उद्देश्यको पूर्तिका लागि धर्म परिवर्तन गर्ने, दूरवर्ती तथा ग्रामीण इलाकासम्म इसाई धर्मको प्रचार गर्ने वा व्यापक रूपमा गिरिजाघरको स्थापना गर्ने जुन कार्य भइरहेको छ, त्यसका विरुद्ध पनि व्यापक रूपमा जनचेतना उठाउन तथा भण्डाफोर गर्न राष्ट्रिय जनमोर्चाले ध्यान दिने छ भन्ने हामीले आशा गरेका छौ“ ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्षमा जोड दिनुका साथै, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले सङ्घीयता, महङ्गी र करबृद्धि, मजदुर मोर्चाले मजदुरका समस्या, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा भारतले निर्माण गरेका बाँधका कारणले उत्पन्न डुबानका समस्याहरू समेत, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्या सहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछूत समेतका समस्याका विरुद्ध देशव्यापी रूपमा सङ्घर्षको सञ्चालन गर्ने छन् । अन्य मोर्चाहरू बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार, लेखकहरू आदिले आफ्नो स्थिति र आवश्यकता अनुसार सङ्घर्षका कार्यक्रमहरूको सञ्चालन गर्ने छन् । विभिन्न देशका नेपाली एकता समाजले प्रवासी नेपालीलाई मताधिकार, तथा आफ्ना अन्य समस्या, माग वा अधिकारबारे आवाज उठाउने वा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

माथि उल्लेखित त्यस प्रकारका सबै सङ्घर्षका कार्यक्रमलाई नेकपा (मसाल) ले दृढतापूर्वक समर्थन गर्दछ र तिनीहरूसित ऐक्यबद्धता प्रकट गर्दछ । राष्ट्रिय जनमोर्चा वा अन्य जनवर्गीय सङ्गठनले बेग्लाबेग्लै विषयमा सङ्घर्ष गर्ने ठेगान भएको भए पनि ती सबै सङ्घर्षहरू एक–अर्काबाट बेग्लाबेग्लै नभएर सबै एक–अर्कासित सम्बन्धित छन् । त्यसैले ती सबैले एक–अर्कालाई समर्थन गरेर वा आपसमा समन्वय गरेर नै सङ्घर्षलाई अगाडि बढाउने तथा सफल पार्ने प्रयत्न गर्नु पर्दछ । त्यस प्रकारको परस्परमा समर्थन वा समन्वयलाई अमूर्त अर्थमा होइन, मूर्त रूपमा बुझेर कार्यान्वयन गर्ने प्रयत्न गर्नु पर्दछ ।

त्यसको सर्वप्रथम र सबैभन्दा मुख्य पक्ष यो हो, राष्ट्रिय जनमोर्चा वा अन्य जनवर्गीय सङ्गठनहरूले आफ्ना बेग्लाबेग्लै विषयमा सङ्गठित गर्न विषेश जोड दिए पनि अन्य सङ्गठनले आन्दोलन गर्ने विषयलाई पनि उठाउँदै जानु पर्छ । उदाहरणका लागि राष्ट्रिय जनमोर्चाले मुख्य रूपले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताबारे सङ्घर्षको कार्यक्रम बनाए पनि अन्य जनवर्गीय सङ्गठनले सङ्घीयता, नागरिकता, भ्रष्टाचार, महिलामाथिको हिंसा तथा मजदुर, किसान, जनजाति, दलित जाति आदिका समस्याहरू आदि बनाएका सङ्घर्षका कार्यक्रमबारे पनि आवाज उठाउने, समर्थन गर्ने वा बल पुर्याउने प्रयत्न गर्नु पर्दछ । त्यही प्रकारले अन्य सङ्गठनले पनि राष्ट्रिय जनमोर्चा वा अन्य जनवर्गीय सङ्गठनहरूले उठाएका विषयमा पनि आवाज उठाउ“दै वा समर्थन गर्दै जानु पर्दछ ।

पार्टीले प्रत्यक्ष रूपले कुनै सङ्घर्षमा भाग लिदैन तर पार्टीका सबै स्तरका प्रवक्ताहरूले अग्रिम पङ्क्तिमा रहेर सबै सङ्घर्षहरूलाई सफल पार्ने प्रयत्न गर्नु पर्दछ । राष्ट्रिय जनमोर्चाले पनि सबै जनवर्गीय सङ्गठनका आन्दोलनसित सक्रिय समन्वय गरेर नीतिलाई सफल पार्न प्रयत्न गर्नु पर्छ । त्यसैले समग्र रूपमा राष्ट्रिय जनमोर्चा वा अन्य जनवर्गीय सङ्गठनले आन्दोलनलाई एउटै मूल प्रवाहका रूपमा अगाढि बढाउने हाम्रो नीति र प्रयत्न हुनु पर्दछ ।

भारत वा अन्य देशका नेपाली एकता समाजले विदेशस्थित नेपालीको मताधिकार वा अन्य समस्याबारे गर्ने आन्दोलनलाई पनि देशभित्रका आन्दोलनसित जोडेर लैजाने प्रयत्न गर्नु पर्दछ । त्यसो गर्दा प्रवासी नेपालीको मताधिकार समेतबारे चल्ने आन्दोलनलाई नेपालका सबै मोर्चा वा सङगठनले आफ्नो समर्थन दिनु पर्दछ भने विदेशस्थित नेपालीले पनि नेपालका राष्ट्रिय समस्याबारे चल्ने आन्दोलनलाई बढीभन्दा बढी समर्थन दिने प्रयत्न गर्नु पर्दछ ।

अन्तमाः राष्ट्रिय जनमोर्चाले आगामी फागुन महिना र अखिल नेपाल किसान सङ्घले आगामी चैत्र महिनामा सङ्गठनात्मक विस्तारका लागि अभियान चलाउने निर्णय गरेका छन् । उक्त दुबै अभियानहरूलाई सफल पार्नका लागि नेकपा (मसाल) ले पार्टी, वैधानिक मोर्चा, जनवर्गीय सबै सदस्य, समर्थक तथा शुभचिन्तकसित सादर अपिल गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार