कथा : परमपरा

सुरेशकुमार पाण्डे

(कथा काल्पनिक हो, यसमा नाम र कसैको भूत, वर्तमात र भबिष्यसँग मेल खान गएमा केवल सञ्जोग हुनेछ ।)

‘कहाँसम्म पुग्यो तेरो मायाँ ?’ रमेशले गिजाउँने पाराले सोध्यो ।

‘खै दाई के मायाँप्रिति भन्ने’ शरदले निरास हुदै भन्छ ।

हिंजो आज क्यापसको छुट्टि भएकोले धेरै दिनपछि यि दुईको भेट भएको थियो ।

‘होईन मलाई ढाँट्नु पर्दैन, तेरो त्यो उजेलीसँग लव परेको जता कतै हल्लाछ ।’ रमेशले ब्यंग्या कस्छ ।

‘छाड्नुस दाई, कहाँ उजेली बाहुन कि छोरी, कहाँ म सुनारको छोरा दलित र बाहुनको बिचमा भएको मायाँप्रिती पनि फलिफाप हुन्छर ? हाम्रो बिचमा ता त्यस्तो छैन मात्रै हामीले सँगै पढ्दा साथीको नाता छ’ शरदले भन्छ ।

‘मलाई सबै थाहा छ तँ डरपोक र कायर पनि छस् भन्ने पनि थाहाछ ।’ भन्दै रमेशले शरदलाई मच्चाउँने प्रयत्न गर्छ । ‘के दलित मान्छे हुदैनन् ? तैँले हामीलाई ईसारा मात्रै गर हामीले त्यसको घरमै गएर उठाएर ल्याई दिन्छौँ बुझिस !’ भन्दै रमेशले आफु ठुलो बलवान भएको देखाउँन खोज्छ ।

शरद एउटा ज्ञानि अनुभवी, होनहार बिद्यार्थी हो, उसको बिचार सामाजिक र प्रगतिशिल प्रकारको थियो । उ लामो समयदेखि समाजमा रहेको कुरितीसँग लड्दै भिड्दै आएको ब्याक्ति हो ।

‘रमेश जी यसरी कसैको अधिकारलाई हनन् गरेर मलाई आफ्नो घर बसाउँनु छैन, जबर्जस्तिले कसैको घर बन्दैन ।’ शरदले उसलाई सम्झाउँने प्रयत्न गर्छ ।

‘उसलाई थाहा छ बिवाह सामन्य बिषय होईन । त्यसैले कम्तिमा दुबै परिवारको सहमति हुनु पर्छ’ शरदले थप्यो ।

‘शरद अधिकार मागेर हुँदैन खोस्न सक्नु पर्छ’ भन्दै रमेशले फेरी उसलाई मच्चाउँने प्रयात्न गर्छ ।

शरदको बुझाई अनुसार अन्तर जातिय बिवाह गर्नु कत्ति ठुलो कुरा होईन बरु बिवाह गरिसके पछि बल्ल संघर्ष सुरुहुन्छ । त्यो संघर्ष दुई जनाले मात्र होईन दुईटै परिवारले बर्तमान मनुवादी संस्कारको बिरुद्धमा जीवन भरी संघर्ष गर्नु पर्छ । त्यो मात्रै होईन दुबैबाट जन्मिएको सन्तानहरु समेतले निरन्तर संघर्ष गर्नु पर्छ भन्ने बारे शरदले बुझेको थियो ।

उ कत्ति आबेगमा आउँदैन– ‘हुन्छ दाई हजूरलाई नभनेर कसलाई भन्ने ?’ रमेशको कुरा सुनेर मात्र यत्ति भन्दै अगाडि बड्छ ।

उता उजेलीको घरमा कसैले कुरा लगाएर नारादमणी रिसले आगो भएका छन् । हिंजो एकजनाले– ‘नाराद तिमि बाहुन भएर आफ्नो रिती थितिमा बस्नु पर्छ आफ्ना छोरा– छोरीलाई दलितहरुको संगत गर्न दिनु हुँदैन नत्र हामी तिम्रो घरको पानी समेत बार्ने छौँ ‘ भन्दै ग्रजिएको उजेलीले लुकेर सुनेकि थिई ।

त्यो ब्यक्ति फर्किएपछि उजेलीको बा आमाले उजेलीलाई बोलाएर अब ‘तँ त्यो केटासँग हिंडेको देख्यौँ भने तेरा खुट्टा भाचिँ दिन्छौ’ भन्दै धम्काएका थिए । उजेली नबोली नबोली हुन्छमा मन्टो हल्लाउँदै निस्कि ।

उजेली र शरदले एउटै कैम्पसमा पढ्थे उनीहरु पढाईमा अनुशासनमा अब्बल थिए । उनीहरुको बिचमा दोस्ति मात्रै छ भने पनि भित्र–भित्रै मायाँ बढ्दै गएको थियो । उनीहरुको बन जाँदा, ग्वाला जाँदा, कैम्पस जाँदा एउटै बाटो थियो भेटघाट त प्राय दिनहुँ हुन्थ्यो ।

दिउँसो ग्वाला गएको बेला फेरी भेट भयो । उनीहरु अरुका आँखा छलेर एउटा रुखको ओतमा बसे । ‘अब हामी भेटघाट नभएको जाति हुन्छ’ उजेलीले भनिन् ।

शरद गम्भिर थियो, उसको मुहार आज अलि मलिन थियो । ‘तिम्रो हाम्रो बिचमा दोस्तीको सम्बन्ध छ, त्यो हामीलाई थाहा छ तर तिम्रो हाम्रो बिषयलाई मुद्धा बनाएर हाम्रा दुश्मनहरुले यसलाई जातिय रंगमा घोल्दैछन । हाम्रा परिवारहरुलाई भड्काउँदै छन्’ शरदले उजेलीलाई जानकारी गराउँदै थप्छ ।

‘शरद के हामी दुबै जनाले हाम्रो यो जीवन आफ्नै ढंगबाट बाँच्न सक्दैनौं ?’ उजेली मलिन र भाबुक हुँदै सोध छिन् ।

‘सक्किन्छ तर आजको रुढिवादी संस्कारले हामीलाई हाम्रो परिवारलाई मात्रै होईन हामीबाट जन्मिएका हाम्रा सन्तानहरुलाई समेत जातिय रणभूमिमा डोराउँनेछ । त्यसैले माँया त्याग र बलिदानको श्रोत हो उजेली !’ शरदले उजेलीलाई उत्तर दिँदै भन्छ । ‘साँचो प्रेम गर्नेले एक अर्कालाई मरेको होईन जिवित सुखि रहेको देख्न खोज्छन, शरदले फेरी थप्छ ।’

उजेली शरदका कुरा सुनेर भाबुक हुन्छे, उसका दुबै आँखाको डिलबाट मोती जस्तै आँशुका ठल्ला टपटप खस्छन् ।

शरदले उजेली तिर हेर्दै ‘मलाई थाहा थिएन, तिमि यति धेरै कम्जोर छौ भन्ने यो बेला रोएर होईन आँखामा ज्वाला बालेर समाजसँग लड्न सक्किन्छ, आफ्ना आँसु आफै पुछ !’

उजेलीले केहि नबोली पछ्यौरीले आफ्नु आँशु पुच्छे ।

बाताबरण शान्त थियो । लालाबाला टाडा टाडा गै सकेका थिए । बिस्तारै चिसो बतास चलेको महशुस हुन्थ्यो ।

‘उजेली मायाँ भनेको त्याग हो, हामीले टाडा रहेर पनि एक अर्कालाई सम्मान गर्न सक्छौँ ।’ शरदको कुरा सुनेर उजेलीले झन मायाँ गर्न थाल्छे उसको सम्मान र उच्च आदर गर्छे ।

उसलाई लाग्छ शरद जस्तो जीवन साथी उसले कहिलेई भेट्टन सक्दैन । दुबै बिचारधारामा प्रगतिशिल थिए । कयौँ पटक प्रगतिशिल बिहे पनि उनीहरुले गराएकै हुन् तर आज आफ्नै बिचमा यो सामाज जातिय पर्खाल बनेर ठडिएको थियो ।

“शरद हामीले सधैं समानताको पक्षमा आवाज उठायौँ, आज आफ्नो पालो आएपछि यसरी पछि हड्दा हामीलाई कायर भन्छन अरुले, के यो बेला हामीलाई पछि हट्न ठिक होला ?” उजेलीले भन्छे ।

एकछिन चकमन्न हुन्छ साहेद शरदले यसको उत्तर आफु भित्र खोज्दै थियो ।

‘के हामीले जातीय बिवाह गर्दा बित्तिकै समाज भित्र समानता आउँछ ?’ शरदले उजेलीसँग प्रश्न गर्छ ।

‘आउँदैन, तर सुरुवात त पक्कै हुन्छ ।’ उजेलीले सटिकमा उत्तर दिन्छे ।

‘दलित दलितको बिचमा बिभेदछ, बाहुन बाहुनको बिचमा बिभेद छ । सामाजिक कर्णकर्णमा असमानता छ । मैले भन्छु हामीले समाजलाई हाम्रो बिवाहको लागि राजी गर्न नसके पनि हाम्रो र तिम्रो परिवारलाई तयार गराउँ । मैले भागेर होईन तिम्रो हात मागेर जीवन साथि बनाउँन चाहान्छु’ शरदले भन्छ ।

‘हामीले आजबाट कार्यबिभाजन गरौं मान्छेउ ?’ शरदले सोध्छ ।

‘मान्छु सितलले भन्छे’ समर्थनमा टाउको हल्लाउँ छिन् ।

‘तिमिले तिम्रो परिवारलाई तयार पार बिवाहका लागि, मैले आफ्नो परिवारलाई तयार पार्छु । जब हामी दुबैको परिवार रजामन्दि हुन्छ हामीले तबमात्र बिवाह गरौंला ।’ यत्ति भनेर शरदले कुराको बिटमार्छ ।

दुबैले यो जटिल कामको जिम्मा लिएर बिदा हुन्छन् ।

४ जुन २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार