गजल

केशव गाहा

नरोक्नुहोस् अलिकति हतारमा छु
मृत्यु रोजुकक या जिन्दगी दोधारमा छु

जिउने कोशिस नगरेको त होईन
के गरुँ रक्तपिपासुको बजारमा छु

चुप् ! आवाज ननिकाल भन्छ उसले
केवल श्वासप्रश्वासको करारमा छु

झुटको पर्दाफास गर्न खोजेको थिएँ
त्यसैले त आज चौतर्फी प्रहारमा छु

ज्वारभाटासँग लड्दै सागर तर्नु छ
टाढा छ गन्तव्य अझै किनारमा छु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार