हरिप्रसाद (काशीराम) आचार्यको निधन

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भुतपुर्व सदस्य, हाल बारा जिल्ला सिमरा २०, नेपाल निवासी, बर्ष ७५ का, हरि प्रसाद आचार्यको १३ मई २०२४, (३१ बैशाख २०८१) का दिन चितवन जिल्लास्थित भरतपुर क्यान्सरअस्पतालमा उपचारको क्रममा असामयिक दुखत निधन भएको खबरले अत्यन्तै मर्माहित भएका छौं । हरि प्रसाद (काशीराम) आचार्य लामो समयसम्म दक्षिण भारत चेन्नई स्थित रायपेडमा अबस्थित सरकारी अस्पतालमा जागिर गर्नुभएको थियो । जागिरबाट अवकाश भई वर्तमानमा नेपाल आफ्नै निवास रहदै आउनु भएको थियो ।

चेन्नईमा रहदाँ वहाँले नेपालीहरुमाथि आईपर्ने विभिन्न समस्या समाधानका साथै हस्पिटलमा उपचार गर्न आउने नेपालीहरुलाई सहजीकरण गर्दै संगठनका महत्वपुर्ण स्थानमा रहि अहम भुमिका निर्वाह गर्नुभएको थियो। हरि प्रसाद आचार्य ज्यूको निधनले एक कूशल कार्यकर्ता गुमाउनुका साथै संगठनलाई अपुरर्णिय क्षति भएको छ ।मृतक हरि प्रसाद आचार्यप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छौं ।

यसै बीच दक्षिण भारत क्षेत्रीय समितिले शोक वक्तव्य जारि गरेको छ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार