केरलामा नेपाली विद्यार्थीले बढाए नेपालीको शान

कोट्टयाम । केरला राज्य स्तरीय बोर्ड परीक्षा १० र १२ कक्षामा उत्तकृष्ट नम्बर ल्याई नेपाली विद्यार्थीहरुले नेपालीको गौरव बढाएका छन् । बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ८ छिस्ती निवासी ओविदत्त (कृष्ण) शर्मा र सिता शर्माकी सुपुत्री श्यामकला (अनिशा) शर्माले कक्षा १० र जैमिनी नगरपालिका छ विनामारेका गोकुल पाण्डे र जीवन पाण्डेकी सुपुत्री मोनिका पाण्डेले कक्षा १२ मा ए प्लस सहित उच्चस्तरिय श्रेणीमा उत्रिणभएका छन् ।

भारतमा दुई नेपाली छोरीहरुको सफलताले उनीहरुलाई मात्र नभई भारतका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई गौरवान्वित बनाएको त छनै, त्यसको साथसाथै अध्ययनरत विद्यार्थीहरुलाई पनि प्रोहत्शाहन गर्नेछ । अन्य ग्रेडमा पनि उत्र्रिण भएका सबै नेपाली विद्यार्थीहरुलाई पनि हार्दिक बधाई एवं शुभकामना सहित उज्जवल भविष्यको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार