यात्राको दौरानमा नै मूल प्रवाहको समिति गठन

गढ़शंकर (पंजाब) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दको विषेश पहल एंव सक्रियतामा यात्राको दौरान मै २२ अगस्तका दिन नगर संगठन समिति निर्माण गरिएको छ ।

कोरोनाको महामारीको विषम परिस्थितिमा पनि संगठन निर्माणको गतिविधिहरुलाई अझै सशक्त पार्नु पर्ने आप्mनो धारणा सहित कतिपय साथिहरुसँग प्रत्यक्ष तथा कतिपय साथिहरुसँग फोनमा सम्पर्क गरि मूल प्रवाहको विषयमा व्यापक छलफल पश्चात ५ सदस्यीय नगर संगठन समिति गठन गरिएको छ ।

नवगठित समितिको अध्यक्षमा– कृष्ण अधिकारी, सचिवमा– इन्द्र मगर, कोषाध्यक्षमा– कुलदिप मगर तथा सदस्यहरुमा अर्जुन मगर र गोपाल मगर रहनुभएको छ ।

समिति निर्माणको खबर पछि हाम्रा संवादातासँग कुराकानी गर्दै समितिका अध्यक्ष कृष्ण अधिकारीले अत्यन्तै उत्साहित हुँदै भन्नु भयो “मूल प्रवाहको विषयमा गाडिमा बसेर संगै यात्रा गर्दागर्दै उपाध्यक्ष हिराजीको संगठनको आवश्यकता बारे राम्ररी चर्चा गर्नुभयो मैले र इन्द्र जीले सल्लाह गरेरै समिति गठन गर्न भनेको हो एकता समाज र राष्ट्रिय जनमोर्चाप्रति हाम्रो रुची पनि छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार