राजमोको विशेष सङ्गठनात्मक अभियान सुरु

प्युठान : राष्ट्रिय जनमोर्चा प्युठानले एकमहिने सङ्गठनात्मक अभियानको उद्घाटन ६ स्थानबाट एकैदिन गरेको छ । फागुन २ गते प्युठानको ऐरावती गाउँपालिकामा भएको अभियानको उद्घाटन राजमो नेता आनन्द शर्माले गर्नुभयो । कार्यक्रममा ऐरावतीमा भएको कार्यक्रममा प्युठान जिल्ला विकास समन्वय समितिका संयोजक केशव आचार्य र राजमोका जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठले अभियान सफलताको शुभकामना दिनुभएको थियो । राजमो ऐरावती गाउँपालिकाको अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता, राजमो गाउँपालिकाका सचिव प्रेम आचार्यको सञ्चालन र ऐरावती गाउँपालिका वडा नं. ६ का सदस्य चन्द्रबहादुर रानाले स्वागत मन्तव्य दिनुभएको थियो ।

त्यस्तै, मल्लरानी गाउँपालिका वडा नं. ३ चुँजाठाटी बजारबाट अभियानको सुरुवात भएको छ । राजमो मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगरको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्का र ५ नम्बर प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो ।

यता, झिमरुक गाउँपालिकाको मच्छीबाट पनि अभियान सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि वासुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमो झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, जिल्ला नेता सिद्दिमान जिसी, टीका जिसी, केसरजङ्ग एमसीलगायतका नेताले अभियान सफलताको शुभकामना दिनुभएको थियो ।

यसैगरी, प्युठान नगरपालिकाको २ नम्बर वडाको दाखाक्वाडीबाट पनि अर्को अभियानको उद्घाटन भएको छ । ३ जनालाई पार्टी प्रवेश गराएर सुरु भएको कार्यक्रममा ध्रुब थापा, लालबहादुर राउत र गोपाल नेपालीलगायतको आतिथ्यता रहेको थियो । यता, स्वर्गद्वारी नगरपालिका नौबहिनी गाउँपालिका पनि अभियान अगाडि बढेको राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै, स्वर्गद्वारी नगरपालिकामा सुरु भएको अभियानमा अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सल्लाहाकार वीरबहादुर पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य एवं २ नं. वडा अध्यक्ष मिनराज राना, राजमो जिल्ला सदस्य तथा ६ नं. वडा अध्यक्ष गिरबहादुर गुरुङ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भिमबहादुर थापा, मूल प्रवाहकै केन्द्रीय सदस्य यमप्रसाद शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) प्रदेश नं ५ का सचिव योगेश रानाले अभियान सफताको शुभकामना दिनुभएको थियो । गङ्गाराम विसीको सञ्चालनबाट अगाडि बढेको कार्यक्रमको अध्यक्षता इन्द्रबहादुर खडकाले गर्नु भएको थियो ।

सङ्गठनात्मक अभियान सञ्चालन गर्न राष्ट्रिय जनमोर्चा प्युठानको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले समसामयिक राजनीतिक परिस्थिति र सङ्गठनात्मक अभियानको कार्यक्रमबारे प्रशिक्षण दिनुभएको थियो ।

राजमो जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भेलालाई सङ्गठनात्मक अभियान केन्द्रीय परिचालन समितिका सदस्य आनन्द शर्मा र अभियानका ५ नम्बर प्रदेश इन्चार्ज सुरेश थापाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमो ५ नम्बर प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले फागुन महिनाभरि सञ्चालन हुने सङ्गठनात्मक अभियानका लागि विस्तृत योजना प्रस्तुत गर्नुभएको थियो ।

भेलामा राजमोका पूर्व महासचिव हरि आचार्य, राजमो पूर्व केन्द्रीय सदस्य वासुदेव पोख्रेल, प्युठान जिल्ला विकास समन्वय समितिका संयोजक केशव आचार्य, झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानासमेतको आतिथ्यता रहेको थियो । राजमो जिल्ला सचिव विदुर मल्लको सञ्चालनबाट अघि बढेको भेलामा जिल्ला उपाध्यक्ष इमानसिंह खड्काले स्वागत गर्नुभएको थियो ।

बागलुङ : राष्ट्रिय जनमोर्चा बागलुङको दुईदिने जिल्ला प्रशिक्षण भेला फागुन ४ गते सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य दिनेहरूमा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टिकाराम शर्मा, अखिल नेपाल महिला सङ्घ बागलुङ सल्लाहकार फूलकुमारी शर्मा, व्यवस्थापनकोतर्फबाट प्रेम थापालगायत हुनुहुन्थ्यो । भेलामा राष्ट्रिय जनमोर्चाका परिषद् सदस्य गौरीश्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, जिल्ला सल्लाहकार बेदिलाल सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

भेलाको उद्घाटन समारोहपश्चात् सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, केन्द्रीय प्रशिक्षक दुर्गा खरेललगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नरबहादुर पुन, टङ्क केसी, कृष्णा पुन, गोविन्द पौडेल र नरबहादुर सुनार रहेको पाँच सदस्यीय अध्यक्षमण्डलबाट सुरु भएको भेलाको बन्दसत्रमा पालिकास्तरीय रिपोर्टिङ भएको थियो । जिल्ला सचिव भिमलाल पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक तथा अभियानको कार्यतालिका छलफलबाट पारित गरेको छ । कार्यक्रममा अध्यक्ष अमर थापाले कार्यक्रम र अभियानको उदेश्यबारे प्रष्ट पार्नुभएको थियो । भेलाले फागुन महिनामा जिल्लाभरि अभियानमा परिचालन हुने १० वटा टोलीमा सहभागी हुने सहभागीको समेत निर्णय गरेको छ ।

त्यस्तै, एकमहिने विशेष सङ्गठनात्मक अभियान बरेङको धुल्लुबाँस्कोटमा फागुन ३ गते जिल्ला प्रशिक्षण भेला गरी कार्यक्रमको सुरुवात गरिएको हो । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दीप प्रज्वलन गरी गर्नुभएको थियो । यस अवसरमा केसीले राष्ट्रिय जनमोर्चाले आयोजना गरेको एकमहिने सङ्गठन निर्माणको योजनाबारे स्पष्ट पार्नुभएको थियो ।

भेला सफलताको शुभकामना दिनु हुनेहरूमा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, गण्डकी प्रदेश मामिला सभापति तथा प्रदेशसभा सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, अखिल नेपाल बुुद्धिजीवी सङ्घका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, प्रगतिशील पत्रकार सङ्घ बागलुङका अध्यक्ष राम सुवेदीलगायत हुनुहुन्थ्यो ।

भेलामा राष्ट्रिय जनमोर्चाका परिषद् सदस्य गौरीश्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, प्रशिक्षक नरबहादुर पुन, परिषद् सदस्य तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केबी थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव कृष्णप्रसाद आचार्य, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, टङ्कबहादुर केसी, टिकाराम शर्मा, तमबहादुर घर्ती मगर, अमरबहादुर खत्री, गोविन्द पौडेल, अखिल नेपाल महिला सङ्घका फूलकुमारी शर्मा, जिल्ला उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य विष्णु अधिकारी, रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष दानबहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष लालबहादुर पुन, अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष नेत्रबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका जिल्ला अध्यक्ष पदम श्रेष्ठ, जातिय समता समाजका जिल्ला अध्यक्ष नरबहादुर विक, स्थानीय वयोवृद्ध नेता हरिदत्त पाध्यलगायतको आतिथ्यता रहेको थियो । भेलाको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सङ्गठनात्मक अभियानको सुरुवात गरेको छ । राजधानीको चन्द्रागिरि नगरपालिकास्थित सतुङ्गलबाट फागुन १ गतेदेखि अभियानको सुरुवात गरिएको हो । अभियानको उद्घाटन राजमो अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीरसिंह, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढालगायतका नेताले सम्बोधन गर्नुभएको थियो । राजमो काठमाडौँ जिल्ला अध्यक्ष झविन्द्र बेल्बासेको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत् रेग्मी र स्वागत राजमोका जिल्ला सदस्य रोशन दानीले गर्नुभएको थियो ।

अर्घाखाँची : राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका छवटै पालिकाका विभिन्न स्थानबाट फागुन १ गते एकैसाथ सङ्गठनात्मक अभियानको सुरुवात गरेको छ । सन्धिखर्कमा गत माघमा मोर्चाको बृहत् जिल्ला भेला गरी अभियान सञ्चालन गरिने भएको हो । कार्यक्रमअन्तर्गत जिल्लाको छवटै पालिकाका ६१ वडामा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समिति निर्माण गर्ने, विभिन्न स्थानबाट आएर बसोबास गरेका पार्टी समर्थकलाई गोलबन्द गर्ने, स्थानीय स्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्नेलगायतका अभियान सञ्चालन गरिने राजमोले जनाएको छ ।

राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीकाअनुसार सदरमुकामसमेत रहेको सन्धिखर्क नगरपालिका–२ को भलायडाँडाबाट नगरपालिकाको अभियानको सुरुवात गरिएको हो । सन्धिखर्क–२ का स्थायी वाािसन्दा रहनुभएका राष्ट्रिय जनमोर्चाका पुराना नेता तथा जिल्लाकै वामपन्थी आन्दोलनका योद्दा रामचन्द्र पोख्रेललाई राजमोको सदस्यता नवीकरण गरी अभियानको सुरुवात गरिएको अभियानका नगर इन्चार्ज गोबिन्द बिसीले जानकारी दिनुभयो । २ नम्बर वडाको अभियानमा राजमो नेता बिसीलगायत जीवनारायण खनाल, भिम आचार्य, कमल घिमिरे, कृष्णप्रसाद खनाल, तुल्सीराम खनाललगायतको उपस्थिति रहेको थियो ।

दाङ : राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालित एकमहिने सङ्गठनात्मक अभियानको दाङको घोराहीमा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । अभियानको उद्घाटन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले दिप प्रज्वलन गरेर गर्नुभयो । घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टिका विक, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सदस्य भिमकान्त पन्थी, अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य वसन्ता भट्टराई, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्ला सदस्य रामप्रसाद पोख्रेल, अखिल (छैठौँ) जिल्ला सचिव लक्ष्मण विकलगायतले अभियान सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियोे । नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव मङ्गल घर्तीले गर्नुभएको थियोे । कार्यक्रममा महिनाभरिको कार्यक्रमको कार्यतालिका जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्तीले पेस गर्नुभएको थियोे ।
सातवटा टोली बनाई सदस्यता वितरण

दाङले जिल्लाभरि सातवटा टोली परिचालन गरी जनभेटघाट तथा सदस्यता वितरण अभियानलाई तिव्रता दिएको छ । दाङ–देउखुरीमा जिल्लास्तरमा सातवटा र स्थानीय स्तरमा अरू टोलीसमेत निर्माण गरी अभियान अगाडि बढेको हो । जिल्लाको सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा, तुलसीपुर उपमहानगरपालिकामा जिल्ला सदस्य शुक्रराज भण्डारीको नेतृत्वमा, लमही नगरपालिकामा जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा कार्यक्रम अगाडि बढेको छ । त्यस्तै, गढवा गाउँपालिकामा प्रदेश समितिका सचिवालय सदस्य रेशम बिसीको नेतृत्वमा, राजपुर गाउँपालिकामा जिल्ला सदस्य कपिलदेव खनालको नेतृत्वमा, दङिसरन, शान्तिनगर र बबई गाउँपालिकामा जिल्ला सहसचिव ऋषिराम पौडेलको नेतृत्व र राप्ती गाउँपालिकामा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्यको नेतृत्वमा अभियान चलिरहेको छ । बङ्गलाचुली गाउँपालिकामा भने फागुन महिनाको अन्तिमतिर अभियान चल्ने छ । सबै टिमको अभियानमा उत्साहजनक रूपमा पार्टीको सदस्यता वितरण भइरहेको छ ।

रूपन्देही : राष्ट्रिय जनमोर्चा रूपन्देहीले विशेष सङ्गठनात्मक अभियान फागुन ५देखि सुरु गरेको छ । जिल्लाका सबै पालिकामा अभियानको सुरुवात भएको हो । त्यस क्रममा पहिलो दिनमै एक सय ७६ जनालाई राजमोको सदस्यता वितरण गरिएको छ । अभियानका क्रममा बुटवल उपनगरपालिका, तिलोत्तमा नगरपालिका र भैरहवाको गल्लामण्डीमा राजमोको सदस्यता वितरण गरिएको छ । पहिलो दिन कञ्चनमा ४० जनालाई, बुटवलमा २७, तिलोत्तमामा ६७ र भैरहवामा ४२ जनालाई सदस्यता प्रदान गरिएको राजमो रूपन्देहीले जनाएको छ ।

कञ्चन गाउँपालिकाले भेलाको आयोजना गरी ज्येष्ठ नागरिक शशिधर पौडेललाई सदस्यता प्रदान गर्नुका साथै सम्मान गरी अभियान सुरु गरेको हो । पौडेललाई राजमो कञ्चन गाउँपालिकाका अध्यक्ष लिलाराम खनालले उहाँलाई सदस्यता प्रदान गर्नुभएको थियो । भिमबहादुर सिजापतिको सञ्चालन र कर्णबहादुर थापाको स्वागतबाट अघि बढेको भेलालाई सङ्गठनात्मक अभियानका जिल्ला इञ्चार्ज चेतनाथ आचार्य, जिल्ला परिचालन समितिका सदस्य चुरामणि शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव प्रेम पौडेल र टोली सहसंयोजक कपिल पौडेलले सम्बोधन गर्नुभएको थियो । भेलाले कपिल पौडेलको संयोजकत्वमा १५ सदस्यीय मूल परिचालन समिति गठन गरेको छ भने दुई समूह बनाई पा“चवटै वडामा सदस्यता अभियान सुरु गरेको छ । अभियान १ नं वडाबाट सुरु भई ५ नं वडामा गई समापन हुने छ ।

कञ्चनपुर : राष्ट्रिय जनमोचौ कञ्चनपुर जिल्ला समितिद्वारा कृष्णपुर नगरपालिकाबाट एकमहिने अभियान सुरु गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरा सार्कीको अध्यक्षतामा भएको अभियानको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले गर्नुभएको थियो । कार्यक्रममा राजमो कञ्चनपुरका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, राजमो जिल्ला उपाध्यक्ष मन्जु परियार, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवरलगायतका नेताहरूले अभियानको शुभकामना दिनुभएको थियो । राजमो जिल्ला सदस्य चक्र रैकालको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वागत मन्तव्य जातीय समता समाजका महासचिव गोविन्द विकले गर्नुभएको थियो ।

राजमो कञ्चनपुरले एकमहिने अभियानको क्रममा जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा पनि जनभेटघाट तथा सदस्यता वितरणलाई तीव्रता दिइएको छ । तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वको टिमले बेलौरी क्षेत्रमा जनभेटघाटसहित सदस्यता वितरण अभियान चलाइरहेको छ । त्यस क्रममा फागुन ५ गते सम्पन्न भेलाले बेलौरीका नौवटै वडामा सङ्गठन निर्माण गर्ने गरी तयारी थालेको छ । भेलामा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कमला चौधरी, राजमो जिल्ला सदस्य दयाराम अधिकारी र विक्रम चौधरी, अखिल (छैठौँ) का नेता भुवन चौधरीलगायतको उपस्थिति थियो ।

राजमो कञ्चनपुरले सङ्गठनात्मक अभियानअन्तर्गत गाउँगाउँमा सदस्यता वितरण अभियानलाई तिव्रता दिएको छ । जिल्ला अध्यक्ष रामबहादुर कार्कीकाअनुसार महेन्द्रनगर, पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी गाउँपालिका जनभेटघाट चलिरहेको छ ।

लालझाडीमा अध्यक्ष कार्की, महेन्द्रनगरमा उपाध्यक्ष मञ्जु परियार, बेलौरीमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी तथा पुनर्वासमा मजदुर नेता जनक कुँवरको नेतृत्वमा जनभेटघाट तथा सदस्यता वितरण गरिएको हो । कञ्चनपुरमा चलिरहेको अभियानमा राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट सहभागी हुनुहुन्छ ।

फागुन १ गते कृष्णपुर नगरपालिकाबाट सुरु गरिएको अभियानअन्तर्गत फागुन ४ गते शुक्लाफाँटा, बेतकोट र भीमदत्त नगरपालिकामा जनभेटघाट तथा सदस्यता वितरण गरिएको थियो । कार्यक्रममा राजमो जिल्ला सहसचिव लालबहादुर कुवँर, अखिल (छैठौँ) का जिल्ला सचिव पुष्कर भट्टलगायतका नेताको सहभागिता रहेको थियो । अभियानअन्तर्गत बेदकोट नगरपालिकामा राजमो जिल्ला सदस्य गोविन्द बोहरा र शुक्लाफाँटा नगरपालिकामा वैकल्पिक जिल्ला सदस्य पृथ्वी केसीलाई संयोजक तोकिएको छ ।

रोल्पा : राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियान रोल्पा जिल्लामा पनि सञ्चालन भएको छ । फागुन १ गतेबाट सञ्चालन भएको अभियान जिल्लाका विभिन्न गाँउपालिका, नगरपालिका र वडास्तरमा गएर सदस्यता वितरणलगायत सङ्गठन विस्तारलाई तिव्रता दिएको राजमो रोल्पाले जानकारी दिएको छ । सुनिल स्मृति गाँउपालिका–१ मा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राजमो जिल्ला अध्यक्ष मेघनाथ विष्टले अभियान सफलताको शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक मानबहादुर शाह, सञ्चालन राजमो जिल्ला सदस्य बुद्वबहादुर साउद र स्वागत मन्तव्य राजमो वडा समिति सदस्य रोहितसिंहले गर्नुभएको थियो ।

कालीकोट : राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियानको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य देवजङ्ग शाहीले ज्येष्ठ नागरिकलाई सदस्यता दिएर गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष कृष्णबहादुर शाही, सञ्चालन जिल्ला सदस्य जङ्गदेव शाहीले गर्नुभएको थियो । राजमो कर्णाली प्रदेशका उपाध्यक्ष कमलविक्रम शाही, अखिल नेपाल शिक्षक सङ्घका अजय गिरीले अभियान सफलताको शुभकामना दिनुभएको थियो ।

सुनसरी : राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको एकमहिने सङ्गठनात्मक अभियानलाई तीव्रता दिनका लागि अभियान सञ्चालन टोली गठन गरेको छ । राजमो १ नम्बर प्रदेश उपाध्यक्ष विशाल पहाडीको नेतृत्वमा सो समिति गठन गरेको हो । समितिको सदस्यमा प्रदेश अध्यक्ष अमृत पाण्डे, राजमो जिल्ला सहसचिव धर्मराज बस्नेत, जिल्ला सदस्य दीप खड्का, जिल्ला सदस्य, हरिलाल अधिकारी र राजमो इटहरी नगर सदस्य इश्वरी सुवेदी रहनुभएको छ । अभियान टोलीले ६ गतेदेखी ११ गतेसम्म धरान नगरपालिकामा, १२ देखी १६ गतेसम्म बराहा नगरपालिकामा, १७ देखी २४ गतेसम्म इटहरी नगरपालिका र २५देखि ३० गतेसम्म इनरुवा नगरपालिकामा अभियान सञ्चालन गर्ने भएको राजमो सुनसरीले जनाएको छ ।

दैलेख : राष्ट्रिय जनमोर्चा दैलेखले एकमहिने सङ्गठन विस्तार अभियानको थालनी चामुण्डा बिन्द्राशैनी नगरपालिकाको मुख्यालय जम्बुकाँधबाट शुभारम्भ गरेको छ । कार्यक्रको उद्घाटन गर्दै राजमो कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले गर्नुभएको थियो । कोणसभालाई भगिराम न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

अभियानका क्रममा राजमो नेताहरूले विभिन्न स्थानमा पुगी राजनीतिक प्रशिक्षणसँगै सदस्यता वितरण अभियानलाई तिव्रता दिएका छन् । राजमो कर्णाली प्रदेशका सङ्गठन विस्तार परिचालन समितिका संयोजक भरतबहादुर शाहीको नेतृत्वमा राजमो दैलेखका अध्यक्ष अम्बरबहादुर नेपाली, अखिल (छैठौँ) का पूर्व उपध्यक्ष पूर्णबहादुर शाही, राजमो दैलेखका सदस्य कमल बरै, राजमो चामुण्डा बिन्द्राशैनी नगर अध्यक्ष मानबहादुर चन्द, नरबहादुर सिंहलगायतको टोलीले सदस्यता वितरणलाई तिव्रता दिएको हो । फागुन ४ गते दैलेखको लँयाटी चाल्नेचौतारामा आयोजित कार्यक्रममा दर्जनौँ स्थानीय राजमोमा प्रवेश गरेका नेता भरत शाहीले बताउनुभयो ।

गुल्मी : राष्ट्रिय जनमोर्चा गुल्मीको सङ्गठनात्मक अभियान बिहीबारदेखि सुरु भएको छ । जिल्लामा दुई टोली बनाएर अभियान अगाडि बढेको राजमो गुल्मीले जनाएको छ ।

फागुन १ गते धुर्कोट गाउँपालिकाको वडा न. ३ हाडहाडेबाट राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव तथा सङ्गठनात्मक अभियानका इन्चार्ज छविलाल सर्तुङीले जित बहादुर छ्न्त्याललाई राष्ट्रिय जनमोर्चाको सदस्यता दिएर अभियानको सुरुबात गर्नुभएको थियो । अभियानमा टोली नम्बर २ का इन्चार्ज चिन्तामणि भट्टराई र धनबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।

टोली नम्बर १ को अभियान कालीगण्डकी गाउँपालिकाको हिलेबाट अगाडि बढेको छ । टोली नम्बर १ का इन्चार्ज टेकबहादुर केसीको अगुवाइमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन गङ्गा केसी, अध्यक्षता विनोद गिरी र स्वागत राजु थापाले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेताहरू टेकबहादुर केसी, गुमानसिंह पुन, मूल प्रवाह अखिल भारत नेपाली एकताका समाजका नेता रामकुमार क्षेत्री, भिमबहादुर थापाको समेत उपस्थिति रहेको थियो । पहिलो सदस्यता विनोद गिरीलाई दिएर प्रमुख अतिथि टेकबहादुर केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी, गुल्मीमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । अभियानअन्तर्गत कालीगण्डकी–७ धुवाखोलामा राष्ट्रिय जनमोर्चाको फागुन ४ गते भेला सम्पन्न भएको छ । भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गरेको छ । समितिको सचिवमा कृष्णबहादुर पुन र कोषाध्यक्षमा धनमाया घले रहनुभएको छ भने सदस्यमा मनकला गुरुङ, धना गुरुङ, ओमप्रकाश गुरुङ, विष्णु गुरुङ, रञ्जिता गुरुङ, मनबहादुर गुरुङ, कृष्णकुमारी पुन, प्रदिप गुरुङ, केशबहादुर गुरुङ, देवबहादुर गुरुङ, नविना गुरुङ, विष्णुमाया गुरुङ, पार्वती गुरुङ र एक स्थान रिक्त रहेको छ ।

मनकला गुरुङ र विनोद गिरीको पहलमा उक्त समिति गठन भएको हो । कार्यक्रम अतिथि मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षत्री हुनुहुन्थ्यो । राजमो कालीगण्डकी गाउँपालिका अध्यक्ष गङ्गा केसी, राजमो कालीगण्डकी गाउँपालिका सदस्य चित्रबहादुर थापाको पनि आतिथ्यता रहेको थियो ।

धुर्कोट गाउँपालिकाको सोभरभोमरमा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छविलाल सर्तुङीको आतिथ्यता र चिन्तामणि भट्टराईको उपस्तिथिमा नौ सदस्य समिति गठन गरिएको छ । समितिको अध्यक्षमा जितबहादुर छन्त्याल, सचिव कृष्ण विक र कोषाध्यक्षमा रीता विक रहनुभएको छ । सदस्य अर्चना विक, गणेश काउचा, माया विक, रामबहादुर विक, जितबहादुर विक र जुनकुमारी काउछा रहनुभएको थियो ।

मदाने–३ सिसैनीमा फागुन ४ गते राजमोको वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा अनन्त अर्याल, उपाध्यक्ष मोतिबहादुर केसी, कोषाध्यक्ष टङ्कप्रसाद अर्याल र सचिव शेरबहादुर केसी रहनुभएको छ । सदस्यमा विष्णु अर्याल, अञ्जु अर्याल, देवीराम रेग्मी, प्रेमप्रकाश अर्याल र सल्लाहाकारमा मञ्जु अर्याल र टङ्क केसी रहनुभएको छ । राजमो जिल्ला सचिव छविलाल सर्तुङी, राजमो जिल्ला सदस्य चिन्तामणि भट्टराई, धनबहादुर थापा (सूर्य) ले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

बारा : बारा जिल्लामा राष्ट्रिय जनमोर्चाको एकमहिने सङ्गठनात्मक अभियानको उद्घाटन जितपुर–सिमरा उपमहानगरपालिबाट भएको छ । उपमहानगरपालिका वडा नं. १४ को जनकल्याण मञ्चको हलमा राजमो केन्द्रीय सचिव तथा प्रदेश नम्बर २ का इन्चार्ज हिमलाल पुरीले सदस्यता वितरण गरेर अभियानको उद्घाटन गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता राजमो बाराका अध्यक्ष तथा केन्द्रीय सदस्य कर्ण थापा, स्वागत मन्तव्य राजमो बाराका सचिव जीवन भट्टराई र सञ्चालन उपाध्यक्ष बालकृष्ण आचार्यले गर्नुभएको थियो । बारा जिल्लामा पालिका तथा गा“उ र टोलस्तरसम्म सङ्गठनात्मक योजना बनेको र अभियानलाई कार्यान्वयन गर्न विभिन्न टोलीसमेत बनेका छन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चामा लामो समयसम्म काम गरेर र योगदान पु¥याएका बृद्व व्यक्तिहरू लिलबहादुर थापा, पवित्रादेवी पौडेल र गौरी थापालाई दोसल्ला ओढाएर प्रमुख अतिथि हिमलाल पुरीले सम्मान गर्नुभएको थियो । सोही समारोहमा अन्य पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने देवबहादुर लामा र देवीप्रसाद सापकोटालाई अबिर र खादा ओढाएर स्वागतसहित प्रमुख अतिथिले सदस्यता दिनुभएको थियो ।

राजमो २ नम्बर प्रदेश समितिका कोषाध्यक्ष शेरबहादुर कार्की, नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराई, राजमो बाराका नेता धर्मानन्द सुवेदी, अखिल नेपाल महिला सङ्घका हेमा केसी, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य तथा उपाध्यक्ष दिपक चौधरी, रक्तिम सांस्कृतिक अभियानका भोला चौधरी, राजमो नगर समितिका सदस्य बुिद्व पौडेलले समेत सम्बोधन गर्नुभएको थियो ।

सुर्खेत : राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले अभियानको उद्घाटन गर्नुभयो । राजमोले देशव्यापी रूपमा सुरु गरेको एकमहिने सङ्गठन विस्तार अभियानको सुर्खेतमा सुरुवात गर्दै महासचिव शर्माले सङ्गठन निर्माणसँगै राष्ट्रियता विरुद्ध भएका कार्यका बारेमा जनतालाई जानकारी दिने उद्देश्यले एकमहिने कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । राजमो सदस्य रत्नविक्रम प्यासीले पनि अभियान सफलताको शुभकामना दिनुभएको थियो ।

कपिलवस्तु : राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सङ्गठनात्मक अभियानको उद्घाटन गरेको छ । फागुन १ गते कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ मा सो अभियानको उद्घाटन गरेको हो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आर्चायले अभियानको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य डबलसिंह जिसी, अखिल नेपाल किसान महासङ्घका जिल्ला उपाध्यक्ष मुक्तिराम न्यौपाने, जातीय समता समाजका जिल्ला उपाध्यक्ष मानबहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सल्लाहकार सनबहादुर गुरुङ, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य ज्ञानबहादुर चौधरी र अखिल नेपाल महिला सङ्घका जिल्ला सल्लाहकार मेनका शर्माले अभियान सफलताको शुभकामना दिनुभएको थियो । राजमो वाणगङ्गा नगर सदस्य तथा ज्येष्ठ नागरिक खिमबहादुर खड्काको अध्यक्षता, राजमो वडा सदस्य सिद्वि आचार्यको सञ्चालन र राजमो जिल्ला उपाध्यक्ष रामप्रसाद बेलवासेले स्वागत मन्तब्य दिनुभएको थियो ।

अभियान फागुन ५ गतेबाट शिवराज नगरपालिका–१ शिवपुरमा सदस्यता वितरण गरेर सुरुवात गरिएको राजमो कपिलवस्तुले जनाएको छ । सोही दिन बसेको राजमोको बैठकले अभियानको खाका तयार पारेको छ, जसमा शिवराज नगरपालिकामा सदस्यता वितरणलाई तिव्रता दिने र पाँचवटा टोल समिति गठन गर्ने योजना छ । अभियानमा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, राजमो शिवराज नगर अध्यक्ष केयरसिंह पुन, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य कर्मराज चौधरीलगायतको उपस्थिति रहेको थियो ।

बाँके : राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर सञ्चालन गरिरहेको सङ्गठन निर्माण अभियानअन्तर्गत बाँकेमा दुईवटा टोली निर्माण गरेर सञ्चालन गरिएको छ । जिल्ला अध्यक्ष भिमप्रसाद देवकोटाको नेतृत्वमा एउटा टोली परिचालित छ भने उपाध्यक्ष जगदीश ढकालले अर्को टोलीको नेतृत्व गर्नुभएको छ ।
अध्यक्ष देवकोटाको नेतृत्वको टोलीले कोहलपुर नगरपालिकासहित राप्ती सोनारी, बैजनाथ र नरैनापुर गाउँपालिकामा सङ्गठन निर्माण सुरु गरेको छ । यस्तै, उपाध्यक्ष ढकाल नेतृत्वको टोलीले जिल्लाको दक्षिण क्षेत्रस्थित नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, डुडुवा र जानकाी गाउँपालिकामा सङ्गठन निर्माण अभियान सुरु गरेको ढकालले जानकारी दिनुभयो । अभियानको उद्घाटन फागुन १ गते कोहलपुरमा गरिएको थियो । कोहलपुर चौराहमा आयोजित एक समारोहका बिच अखिल नेपाल किसान महासङ्घका महासचिव तुलसीराम सापकोटाले सो अभियान उद्घाटन गर्नुभएको हो । राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोषाध्यक्ष जोगप्रसाद भण्डारी, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार लगाएतले मन्तव्य राख्नुभएको थियोे ।

कैलाली : अभियानअन्तर्गत कैलालीको गोदावरी नगरपालिकाको बान्द्रेखालबाट जिल्लास्तरको अभियान सुरुवात भएको थियो । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चि प्रदेश अध्यक्ष नन्दराज भट्टले उद्घाटन गर्नुभएको कार्यक्रममा राजमो जिल्ला सचिव जगत् जोशी, जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, राजमो धनगढी नगर सदस्य चन्द्रबहादुर विष्ट, रामकृष्ण रानालगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । कैलालीको टिकापुर क्षेत्रको अभियान दुर्गौलीबाट भएको थियो भने गौरिगङ्गाको कुचैनीमा पनि बेग्लै अभियान सञ्चालन भएको राजमोले जानकारी दिएको थियो । त्यस्तै, फागुन २ गते जिल्लाका विभिन्न स्थानमा सदस्यता वितरण, जनभेटघाटलगायत कार्यक्रम सम्मपन्न भएको नेता नन्दराज भट्टले जनकारी दिनुभयो । अभियानअन्तर्गत लम्कीमा राजमोका जिल्ला अध्यक्ष दयाराम सन्ज्यालको नेतृत्व, गोदावरी नगरपालिकामा गोदावरी नगर सदस्य तथा वडा नं. १२ का वडा अध्यक्ष राजबहादुर तिरुवा र वडा नं. ११ गोदवरी नगर सदस्य मनि विकको नेतृत्व र धनगढी उपमहानगरपालिकामा राजमो जिल्ला सचिव जगत्प्रसाद जोशी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष तथा जिल्ला अध्यक्ष खडक राना र रामकिसन रानाको नेतृत्वमा सम्पन्न भएको थियो ।

सङ्गठनात्मक अभियान सञ्चालन गरिरहेको राष्ट्रिय जनमोर्चाले कैलालीका विभिन्न स्थानमा जनभेटघाट, सदस्यता वितरण, समिति गठनलगायतका कार्यक्रम गरिरहेको छ । फागुन १ गतेदेखि विभिन्न टोली बनाएर जिल्लाव्यापी रूपमा अभियान सञ्चालन भइरहेको छ । यसै क्रममा पूर्वी क्षेत्रमा परिचालित टोलीले लम्कीचुहा नगरपालिका–१० स्थित राष्ट्रिय नवजागृत उमाविमा अखिल (छैठौँ) को एकाइ समिति गठन गरेको छ ।

जानकी जोशीको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष पूर्णप्रसाद जोशी, सचिव दिपिका जोशी, सहसचिव विपना खड्का र कोषाध्यक्षमा रेखा जैसी चयन हुनुभएको छ । सदस्यमा चन्द्रा जोशी, कमला भण्डारी, मैना जैसी, दुर्गा विष्ट, निर्मला जैसी, यसोदा जैसी, अनुष्का कुँवर, सुमन चौधरी, बिमला भारती, सिद्व पाध्य, मदन विष्ट, भरत विष्ट, हेमन्त जोशी र अमृत कठरिया रहनुभएको छ । राजमोका जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल नेतृत्वको टोलीले सङ्गठन निर्माण गरेको हो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, राजमो जिल्ला सचिव सगत जोशी, राजमो जिल्ला सल्लाहकार रामबहादुर शाही र राजमो नगर समिति सदस्य भरत बुढाको उपस्थिति रहेको थियो ।

चितवन : राष्ट्रिय जनामोर्चा चितवनले एकमहिने सङ्गठनात्मक अभियान रत्ननगर नगरपालिकाको वडा नं. १० जनजागृति चोकबाट सुरु गरेको छ । कार्यक्रमको उद्घाटनमा स्थानीय ११ वयोवृद्धलाई फूलमालाले सम्मान गर्नुका साथै खाजा खुवाइएको थियो । सङ्गठनात्मक अभियानको उद्घाटन राजमो जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य डम्मर पुरीले गर्नुभयो । त्यस अवसरमा पुरीले नवप्रवेशीलाई राजमोको सदस्यता प्रदान गर्नुभएको थियो । राजमो रत्ननगर नगर समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (मसाल) चितवन जिल्ला प्रवक्ता मेघराज ढकाल, समाजसेवी ज्ञानप्रसाद पाण्डे, जनजागृति टोल विकास संस्थाका अध्यक्ष एकबहादुर जिसीलगायतको आतिथ्यता रहेको थियो । राजमो लम्कीचुहा नगरपालिका–३ को चिसापानीमा राजमो फागुन ६ गते समिति गठन भएको छ । राजमो केन्द्रीय सङ्गठनकर्ता खगेश्वर शर्माको विशेष उपस्थिति तथा अभियान पूर्वी टोलीको उपस्थितिमा सो समिति निर्माण गरिएको हो । समितिको अध्यक्षमा गणेश महतरा, उपाध्यक्ष गणेश भण्डारी, सचिव देवी पौडेल, सहसचिव सन्तोष धमला र कोषाध्यक्षमा विष्णु शाही रहनुभएको छ । सदस्यमा हर्क नाम्जाली, उषा पौडेल, विरेन्द्रप्रसाद शर्मा, प्रेमलाल सन्ज्याल, हिरा उपाध्याय, दिव्या चौधरी, देवराज देवकोटा, हर्कबहादुर सिंह, सीता शाही, रामप्रसाद शर्मा, वृखबहादुर रावत रहनुभएको छ भने सल्लाहकारमा टेकबहादुर शाही र नामाकर उपाध्याय रहनुभएको छ ।

नवलपुर : राष्ट्रिय जनमोर्चाले आयोजना गरेको एकमहिने सङ्गठनात्मक अभियानको उद्घाटन देवचुली नगर पालिकाको रजहरमा फागुन ३ गते सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दिपक पाण्डेले गर्नुभएको उद्घाटनको अध्यक्षता पुरण गिरी, सञ्चालन गिरबहादुर महतराले गर्नुभएको थियो भने जिल्ला उपाध्यक्ष विकाराम चौधरीले स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रमसँगै विस्तारित बैठक पनि सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा एकमहिनासम्म चल्ने सङ्गठनात्मक कार्यक्रमको विवरण प्रस्तुत गरिएको थियो ।

अभियानको मूल समिति निम्नानुसार रहेको छ ः दिपक पाण्डे–संयोजक, रामप्रसाद सापकोटा, गङ्गा पौडेल, विमल शर्मा, देवराज पौडेल, सरस्वति पौडेल, चन्द्र सापकोटा, शालिकराम सापकोटा, विकाराम चौधरी, गिरबहादुर महतरा, पुरन गिरी, मानबहादुर रानाभाट, कृष्ण सापकोटा, नारायण देवकोटा, सोमनाथ पौडेल, होमनाथ पराजुली, आनन्द पौडेल, डम्बरबहादुर केसी, नरबहादुर विक, रामबहादुर विक, मानबहादुर लामा, धनमाया मल्ल, भक्तबहादुर उचै, रूपनारायण महतो, भोजबहादुर महतो, गोविन्द घिमिरे र भिमप्रसाद आचार्य रहनुभएको छ ।

त्यस्तै, भेलाले सात सदस्यीय सचिवालय गठन गरिएको छ, जसमा दिपक पाण्डे, रामप्रसाद सापकोटा, गङ्गा पौडेल, विकाराम चौधरी, गिरबहादुर महतरा, कृष्ण सापकोटा, नारायण देवकोटा रहनुभएको छ । बैठकमा उपस्थित सबै सदस्यलाई सदस्यता नवीकरण गरिएको थियो । प्रथम विस्तारित वैठकले कार्यविभाजनसमेत गरेको छ । जसअनुसार, गैँडाकोट नगरपालिकामा विमल शर्मा, दिपक पाण्डे, देवराज पौडेल, चन्द्र सापकोटा, गोपाल गिरी, होमनाथ पराजुली, गणेश ज्ञवाली, मानबहादुर रानाभाट, धनपति शर्मा, शालिकराम सापकोटा, सरस्वती पौडेल, राधिका शर्मा, विष्णु पाण्डे, लक्ष्मी विक, खड्कबहादुर क्षेत्री, गीता सापकोटा, सरिता सापकोटा रहनुभएको छ । त्यस्तै, देवचुली नगरपालिकामा आनन्द शर्मा, भगिरथ भट्टराई, रूपनारायण महतो, विमल शर्मा, नारायण देवकोटा रहनुभएको छ । मध्यविन्दु नगरपालिकामा विकाराम चौधरी, कृष्ण सापकोटा, गिरबहादुर महतरा, डम्बर भण्डारी, कलाराई चन्द्र सापकोटा रहनुभएको छ ।

कावासोती नगरपालिकामा गिरबहादुर महतरा, भागिरथ भट्टराई, डम्मर केसी, दिपक पाण्डे, गङ्गा पौडेल रहनुभएको छ । विनय त्रिवेणी गाउँपालिकामा कला राई, गोपाल गिरी, दिपक पाण्डे, रनबहादुर रिजाल, नरबहादुर विक, गङ्गा पौडेल रहनुभएको छ । हुप्सेकोट गाउपालिकामा मानबहादुर लामा, भक्तबहादुर उचै, धनमाया मल्ल, दिपक पाण्डे, गिरबहादुर महतरा, पुरन गिरी, देवराज पौडेल, भागिरथ भट्टराई, रूपनारायण महतो रहनुभएको छ । बुलिङटार/बुङ्दिकाली गाउपालिकामा गङ्गा पौडेल, रूपनारायण महतो, तुलवीर बराल मगर, चन्द्रबहादुर सुनारी, शेरबहादुर नारी, देवीलाल आले, चन्द्र सापकोटा, रामप्रसाद सापकोटा, धनबहादुर लुङ्घेली, भोजबहादुर महतो रहनुभएको छ ।

फागुन ३० गते बृहत् जिल्लास्तरीय वनभोज कार्यक्रमसहित सङ्गठनात्मक अभियानको समापन एवं समीक्षा कार्यक्रम सञ्चालन गरिने राजमो नवलपुले बताएको छ । साथै अखिल (छैठौँ) को चैत्र १ गतेबाट सञ्चालन हुने काठमाडौँ केन्द्रित सङ्घीयता विरोधी अभियानलाई सफल पार्न विद्यार्थी र अभिभावक पठाएर सहयोग गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार