राष्ट्रियताको सवालमा नयाँ दौर

सुरेशकुमार पाण्डे

संसदको २७५ मध्यका २५८ जनाको उपस्थितिमा देशको नक्सा भित्र पारेको निशानछाप केही दिन पहिलेको भू–भागलाई संबिधानलाई संशोधन गरेर त्यो भूमीलाई शंरक्षित गर्ने जुन एकमतले फैसला गर्यो । यो देशमा आएको एउटा नयाँ दौर नै भन्नु पर्छ । यस्तो ऐतिहासिक फैसला आज भन्दा पहिलेका सरकारले गर्न सकेका थिएनन् । संधैभरी फर्शि ल्याएर खसि दिने चलनको परमपराकै बिरुद्धमा यसलाई बुझ्न सकिन्छ ।

हुन त यो अतिक्रमित भु–भाग नेपाली भुभाग थियो, जसलाई अहिले सामिल गरियो । यसका लागि देशमा कैयौं पल्ट जनताले आवाज उठाए, निरन्तर संघर्षका परिणाम पनि हो । खास गरेर बि.स २०५२ सालमा दार्चुलाबाट निर्वाचित प्रतिनिधी सभाका सदस्य प्रेमकुमार धामीले प्रथम पल्ट उठाएको मुद्धाले बल्ल अहिले सफलता पाएको छ । उनी हाम्रो माझमा जिवित छैनन् तर यो श्रेय उनको भागमा पनि जान्छ । कालापानी, लिपुलेख र लिपियाधुरा अहिले नेपालको नक्साभित्र सामिल स्थायी रुपमा भएको बेला सबै देशभक्तहरु हर्षित छन् । जो हुनु स्वाभाविक पनि हो । जो जमिन आज भन्दा करिब ५७ बर्ष पहिलेदेखि छिमेकिले मिच्दै आएको थियो अहिले नेपालको संसदले एकमतले आफ्नो संबिधानमा शंरक्षित गर्न सफल भयो । यो एउटा महत्वपूर्ण निडर र ऐतिहासिक फैसला हो ।

अब यो जमिनलाई सरकारले छिट्टै खालि गराएर आफ्नो सैनिक कैम्प बनाउँनु पर्नेछ । संसदको यो मतले राष्ट्रियताको सवालमा देश एकढिक्का भएको पुष्टी गरेर देखायो । हामीले यो ऐतिहासिक फैसलामा भागलिनु भएका सबै सांसदहरुलाई सम्मान गर्नै पर्छ । जो बिभिन्न बिचारधाराका भएपनि राष्ट्रियताको सवालमा एकमत भए । तर यस्को मतलव यो पनि होईन कि नागरिकले उनीहरुबाट समय समयमा हुने कम्जोरी र धोखालाई नजरआन्दाज गर्नु पनि हुँदैन । अहिले देशमा यो भन्दापनि जटिल र राष्ट्रघाति एमसीसीलाई सरकारले पारित गराउँन जुन दवाबदिदैछ, यसको बिरुद्धमा जनजनमा जागरुक्ता हुनैपर्छ ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्जर कार्पोरेशन (एमसीसी) यो इण्डो (प्यासिफिक रणनीति नै हो भन्ने बिषयलाई बुझ्नु आबश्यक छ । (आइपिएस)लाई अमेरीकाले बेल्ट एण्ड रोड शनिसेटिम (बिआरआई) को प्रभावलाई रोक्न बनाएको रणनीति पनि बुझ्झिन्छ । बिआरआई बिश्व मानब हितका लागि चीनले जलस्थल र हवाई, तिनवटै ठाउँबाटै मानव सम्बन्ध स्थापित गर्ने उदेश्यले बनाएको एक बृहित सञ्जाल पनि बुझिन्छ । जो मानव जातिको भावनासँग सम्बन्धित रहेकोछ । यहि प्रयाद्वीपको प्रभावलाई रोक्ने मनसायले अमेरिकाले ईण्डो प्यासिफिक रणनीति बिकसित गरेको हो ।

यो असलंगन राष्ट्रको लागि आत्मघाति नै हुने निश्चित छ । एकातिर यो इण्डो प्यासिफिकको एउटा अंग हो भनेर भन्निन्छ अर्को तिर नेपाल सरकारले ईण्डो प्यासिफिक रणनीतिमा आफु सलंगन नभएको भन्दै आएकोछ । यो दोहोरो नीतिले नेपाल थप संकटमा पर्ने देखिन्छ । यो सम्झौताले नेपालमा अमेरिकी साम्राज्यावादको हस्तक्षेप बढेर जाने छ, भने अर्को तिर चीनले आफ्नो ढोका नेपालका लागि बन्द गर्ने हो भने नेपाल झन ठुलो संकटमा फस्नु पर्ने छ ।

यो देशको अतिक्रमित भु–भागको एउटा टुक्रालाई आफ्नो नक्सामा गाभ्नलाई झण्डै ६ दशक लाग्यो । यदि देश नै हातबाट निस्कियो भने के होला ? यो गम्भिर मुद्धा हो । त्यसैले एमसीसीको बिरोध गर्न जनताले कुनै कसर छोड्नु हुँदैन । भुईको टिप्न खोज्दा खोल्टिको नझरोस ।

नेपाल एउटा धर्मनिरपक्ष देश हो । यहाँका जनता देशको लागि जुनसुकै जात धर्मलाई त्यागेर पनि एक ढिक्का हुनु पर्ने समयको माग हो । वास्तबमा चोर ढोकाबाट आएको संघीयता समेतलाई खारेज गरेर अखण्ड नेपालको निर्माणमा जोड दिनु पर्छ । संघीयता देशको लागि सुहाउँदो छैन, आर्थिक, भोगौलिक जुनसुकै रुपबाट पनि संघीयता मेल खाँदैन ।

सरकारले यो संघीयतालाई छिट्टै खारेज गरेर यो रकमले देशको बिकाशमा लगाई युवाहरुलाई आफ्नै देशमा रोजगारको ब्यबस्था गर्नु पर्दछ । हाल कोरोनाले देश र दुनियाँमा खौफ श्रृजित भएको बेलामा यति ठुलो खर्च सरकारले बहन गर्न कठिन भएको बेला देशमा नौवटा संसद आबश्यक हुदैन । देशमा लाखौँको तादातमा बिदेशबाट फर्किएका नागरिकहरुलाई देशमा भरपर्दो काम मुहाईया गराएर सरकारले दुरदर्शिता देखावस् । आफ्नै देशमा युवाशक्ति लाग्छ भने त्यो देशमा बिकाश हुन्छ र देश आत्मनिर्भर हुनसक्छ । सरकारले देशको बिरुद्धमा उठेको आवाजलाई सजाय दिने र देशभक्तहरुलाई शंरक्षित गर्ने ब्यबहार आपनाओस् ।

१४ जुन २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार