गजल : भोकै बसेको हुँ सरकार

  • आर.एल. संगिता

धेरै भौतारिए स्वदेश रोजगार नपाएर विदेश पसेको हुँ सरकार ।
घर परिवारसँगै कैयौं रात दिन भोकभोकै बसेको हुँ सरकार ।।

खुशी किन्छु भनि खाडी मुलुक मृत्युसँग सम्झौता गरे आज ।
चढ्दाचढ्दै केही उपाय नलागेर ओराली झरेको हँु सरकार ।।

कसलाई रहर हुन्छ र परिवारलाई छोडेर खाडी पस्न ।
साहुको ऋणले चापेर म हवाई जहाज चढेको हुँ सरकार ।।

वृद्ध बाबा आमा रुँदै थिए नजाउ छोरा छोडेर मलाई ।
हजार सपना सजाएर यि नयनमा म अघि बढेको हुँ सरकार ।।

सोंचेको थिए रुखमा पैसा फल्छ कि पैसाको खानी हुन्छ होला ।
सपना सबै अधुरै रहे मेरा यसैले मृत्युलाई कुरि बसेको हुँ सरकार ।।

आर.एल. संगिता

झिमरुक गाउँपालिका तुषारा ७ प्युठान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार