बिष मिसिएको विकास

  • हेम बहादुर जिवी
चाहिदैन तिम्रो
मिलेनियम च्यालेञ्ज कर्पोरेसन
पर्दैन तिम्रो
एमसीसी परियोजना
र फर्काउ तिम्रो
डरलाग्दो डलरको लगानी !
त्यो तिम्रो
बिजुली विकास अनुदान
केवल
एउटा बाहना मात्र हो
त्यो तिम्रो
सडक विकास सहयोग
केवल
देश छिर्ने चाहाना मात्र हो !
जब तिम्रो
विकास भित्रिने छ नेपाल भित्र
तब भित्रिने छ
हाम्रो राष्ट्रियता माथि खतरा
तब भित्रिने छ
हाम्रो सार्वभौमिकता माथि खतरा
तब भित्रिने छ
हाम्रो स्वाधिनता माथि खतरा !
त्यो तिम्रो
विकास निति यति डसालु छ कि
हाम्रो संविधान नै
निस्तेज पार्न सक्ने छ
त्यो तिम्रो
बिजुली र बाटो निति यति
बिषालु छ कि
हाम्रो अधिकार नै मार्न सक्ने छ !
त्यो तिम्रो
विकास आउनु भन्दा पहिला
तिम्रा ति
सिपाहीहरु आउने छन् यहाँ
अनि
हातमा हतियार र पाउमा बुट साथ
खेल्ने छन् परेड
सार्वभौम देशको छाती माथि
दाउ हेर्नेछन्
इन्डोप्यासिसिक अर्थात आईपीएस
र पोख्ने छन् रिस
नजिकैबाट हाम्रो उत्तरी छिमेकी सँग !
त्यसैले
चाहिदैन  तिम्रो
मिलेनियम च्यालेन्ज कर्पोरेसन
पर्दैन तिम्रो
एमसीसी परियोजना
 र फर्काउ तिम्रो
डरलाग्दो डलरको लगानी
किनकि यो
रिस मिसिएको विकास हो
बिष मिसिएको विकास हो !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार