युवक संघ बङगलाचुलीको अध्यक्षमा भिमबहादुर थापा

दाङ । विभिन्न पार्टी परित्याग गरी युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको दाङको बङगलाचुलीमा अखिल नेपाल युवक संघको नगर भेला सम्पन्न भएको छ ।

भेलाले भिमबहादुर थापाको अध्यक्षता १७ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वर्षा खड्का, सचिव यमबहादुर घर्ती, सहसचिव हुकुम तिवारी र कोषाध्यक्ष भिमनिधी तिवारी चयन हुनुभएको छ ।

सदस्यहरुमा विवेक बुढा, कमला केसी, देवराज घर्ती, तारा सिंह घर्ती, पुरन घर्ती, रामबहादुर घर्ती, सन्तोष परियार, चन्द्र बुढा, सिर्जन जिएम, सुनिल घर्ती, भक्त बहादुर पुन रहनुभएको छ । १७ सदस्यीय समितिमा दुई स्थान रिक्त राखिएको छ ।

भेलामा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यले युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

शुक्रबार मात्रै कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरी बिगतमा सत्तारुढा नेकपा र नेपाली कांग्रेसमा आवद्ध युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए ।

यो पढ्नुहोस् : दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार