हिसारमा मूल प्रवाहको पहलमा कोरोना विरुद्धको खोप लगाइने

हिसार, ४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले कोरोना विरुद्धको खोपको माग गर्दै जिल्ला उपायुक्तलाई माग–पत्र बुझाएको छ ।

रोजगारीको खोजिमा हिसार पुगेका श्रमजिवी नेपालीहरुलाई अहिले चलिरहेको कोरोना एवं ओमिक्रोन महामारिमा आधारकार्ड, राशनकार्ड बनाउन अत्यन्तै अप्ठ्यारो भएको र उक्त दस्तावेजको अभावमा कोरोना विरुद्धको खोप लगाउन कठिनाई परिरहेको भन्दै सो माग पत्र बुझाइएको हो ।

केन्द्रीय समितिका सल्लाहकार तारा सोमरे, नगर उपाध्यक्ष बाबुराम पोख्रेल, सिटिएरिया अध्यक्ष केहर सिंह घर्तिमगर, नगर महिला बिभागकि संयोजक निरु सारु, सिटिएरिया बि कि कोषाध्यक्ष सीता पोख्रेल लगायतको प्रतिनिधि मण्डलले हिसारका जिल्ला उपायुक्त भेट गरि माग पत्र बुझाएको सोमरेले हामीलाई जानकारी दिनुभएको छ ।

कुनै पनि कागजी प्रमाण पत्र नभएका श्रमजिवी नेपालीहरुलाई हिसार जिल्ला उपायुक्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिफारिसको आधारमा कोरोना भ्याकसिन लगाउने व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार