बैंगलोरमा 137औँ अन्तराष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा 137औँ अन्तराष्ट्रिय श्रमिक दिवस (मई दिवस ) कार्यक्रमको सम्पन्न भएको छ ।

137 औँ श्रमिक दिवसको बारे प्रकास पार्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र समितिका सदस्य धर्म पहरीले भन्नु भयो । “संसार भरका मजदुरहरुको महान पर्वको रूपमा आज 1886 मा अमेरिकाको सिकाङ्गो शहरका मजदुरहरुले 18 देखि 20 घण्टा सम्म काम गर्ने बाध्यात्मक अवस्थामा रहेेको हुदा एक पेट खान र एक आङ्ग लगाउन सदैव अभावको जीवन व्यतित गर्नु पर्ने अवस्था थियो । त्यस प्रकारको दासताबाट मुक्तिका लागि कामको घण्टा कम गर्ने, श्रमको उचित मूल्य पाउन पार्ने मागबाट शुरु भएको आन्दोलनको निरंतरताको रूप नै मई दिवस हो । कामको लागि आठ घण्टा तय हुनु ठूलो र बलिदानीपूर्ण आन्दोलनको सफलता हो । ठूलो र बलिदानीपूर्ण आन्दोलनको सफलता स्वरूप घण्टा कम भएता पनि मजदुरहरूको वास्तविक समस्या उनीहरूको मुक्ती भने भनेको छैन । अहिले पनि कैयौ प्रकारका शोषणबाट मजदुर पिडीत भएकाछन् । झन पूंजीले साम्राज्यवादी स्वरूप ग्रहण गरेको र त्यसले बिकसित र बिकासोमुख देशमा हस्तक्षेप गरेको छ । साम्राज्यवादीहरूले कैयौं राष्ट्रिय स्वाभिमान सार्वभौम सत्ता माथी समेत हमला गरेकाछन् । त्यसैले अहिले मई दिवशको आन्दोलनलाई मावन मुक्ती र राष्ट्रिय मुक्तीको आन्दोलनसंग जोडेर लैजानु पर्ने आवश्यकता छ ।”


कार्यक्रमलाई दक्षिण भारत महिला क्षेत्रिय बिभाग का सदस्य दुरा पहरी, नगर समितिका सदस्य निर्मला दाहाल, नगर महिला बिभागका सदस्य मिना खत्रीले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष ओम बहादुर दाहाल र सञ्चालन नगर सचिव तिलक केसी र सहभागी सम्पूर्णलाई नगर सदस्य सिता कुँवरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार