बालेन सरकार जनादेशको अपमान गर्दै अधिनायकवाद तर्फ जादैछ । ठाकुर खनाल

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको आयोजनामा 137औं अन्राष्ट्रि श्रमिक (मई दिवश) सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ठाकुर खनालले मई दिवशको ऐतिहासिक घटनाक्रमको जिकर गर्दै यो समाजमा भएको शोषणको विरूद्धको विद्रोह हो र यसको विकास वर्ग संर्घषको क्रममा भएको हो । त्यसैले पनि मई दिवशको कार्यक्रम सामान्य औपचारिकता निभाउनु भन्दा पनि मई दिशका सहिदहरूको बलिदानलाई स्मरण गर्दै समाज व्याप्त रहको शोषण, दमन, भेदभावको अन्त गर्दै सबैलाई समान अवसर, सम्मन भएको शोषणविहिन समाजको निर्माणको आन्दोलनसंग जोडेर लैजानु पर्ने हुन्छ भन्नुभयो ।


वहाँले अहिले राजनैतिक परिवेशलाई कोट्याउदै पूंजीवादको चरम विकासले साम्राज्यवादको रूप लिएको त्यो मानव समाजको लागि नै घातक बन्दै गई रहेको छ । साम्राज्यवादी देशहरूलेे विश्व बजार सबै प्रकृतिक संसाधन माथी कब्जा जमाउन चाहन्छ । त्यसको लागि युद्ध पनि थोपार्ने गर्दछ । इतिहासमा भएका दुई विश्व युद्ध पनि त्यसैको परिमाण हो । अहिले पनि अमेरीकी साम्राज्यवादले विभिन्न देशहरूमा थी हमला गरेको छ । विश्वभरि आफ्नो पकड मजबुत गर्न सबैं प्रकारको अवरोधहरू हटाउदै सत्तामा आफ्ना मान्छे बसाल्को लागि त्यस देख भित्र उथुल पुथुल पार्ने गरेको छ । नेपाल पनि त्यसको सिकार भएको हो । भ्रष्टाचार विरूद्ध र परिवर्तनको नाममा सत्तामा पुगेकाहरूको वास्तविकता नेपाली जनताले थाह पाउन थालेका छन् । उनीहरू आफैले सार्वजनिक गरेको सम्पत्ती विवरणले पनि उनीहरूको इमानदारीतामा प्रश्न उठाउनको लागि प्रसस्त आधारहरूछन् । उनीहरूले गरेका हर्तकहरूले सुकुम्बासी जनताले दुख पाईरहेकाछन् । कसंैलाई बास बिहिन गराउन मिल्दैन, सुत्केरी, बिमारी, बच्चा, वृद्ध-वृद्धा सबैले दुःख पाई रहेकाछन् । अझ उनीहरूको विद्यार्थी तथा टेªड युनियन खत्म गर्ने योजना झन प्रजातान्त्रिक अधिकारको हनन् हो । संयुक्त राष्ट्रको वडा पत्र र अन्तराष्ट्रिय कानुनमा समेत आफ्ना हक हितको लागि संगठित हुन पाउने अधिकार सुनिश्चित गरेको अवस्थामा संगठित हुन पाउने अधिकार माथीको रोक लगाउने प्रयास र संसदलाई बाईपास गर्दै अध्यादेशबाट सत्ता चलाउने कार्यशैली चुनावमा जनताले दिएको जनादेशको अपमान र अधिनायकवाद तर्फको अग्रसरता हो । यो अवस्थामा हाम्रो दायीत्व जनतालाई आफ्नो हक अधिकारको रक्षाको संगठित गर्दै आगाडी बढाउनुको बिकल्प छैन भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार