मूलप्रवाहको पहलमा आइडी नभएका हरु लाइ पनि कोरोना खोप उपलव्ध 

हिसार, ७ जनवरी २०२२ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको सक्रिय पहलमा भारतीय तथा नेपाली कुनै पनि आइडी नभएका श्रमजीवी नेपाली हरुलाई कोरोना विरुद्ब को खोप लगाउने सुविधा उपलब्ध गराइएको छ।

मूलप्रवाहको पहल तथा डाक्टर अन्जुको सहयोग मा नगर सदस्य केहर सिंह घर्ती मगर,लाल बहादुर चुदाली, सिटि एरिया ए का सदस्य डोल बहादुर सोमरे को उपस्थितिमा आज सम्पन्न खोप कार्यक्रम पछि अब प्रतिदिन सात-सात जनाको दरले बिना प्रमाण पत्र का जो कसैलाइ पनि हिसारमा कोरोनाको खोपको सुविधा उपलब्ध हुने भएको छ ।

स्मरण रहोस मूलप्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरेको नेतृत्वमा गत ४ जनवरी को जिल्ला उपायुक्तलाई भेटि माग–पत्र बुझाउदै बिना आइडिका श्रमजीवीहरु को बारेमा ध्यानाकर्षण गराएको आधारमा अहिले खोप कार्यक्रम शुरू गरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार