मूल प्रवाह श्रीगंगानगरको पहलमा आजदेखि परिचय-पत्र विहिनलाइ खोप लगाइदै

चंडिगढ, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति तथा मूलप्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विषेश पहलमा कुनै पनि परिचय पत्र न भएका श्रमजीवी नेपालीहरु लाइ आज देखि कोरोना विरुद्ब को खोप CMHO श्रीगंगानगर (Chief Medical & Health Officer) मार्फत उपलव्ध गराइने भयको छ।

राजस्थान राज्यको श्रीगंगानगर मा समाजसेवी सब्बीर खान को सहयोगमा हिजो मूलप्रवाहका कार्यकर्ता हरु को भेटघाट पछि मेडिकल तथा हेल्थ अफिसर ले आज १४ जनवरी देखि बिना परिचय-पत्र का सबै श्रमजिवी नेपालीहरु लाइ कोरोना विरुद्ब खोप लगाउने प्रतिवद्धता गरेको समाचार केन्द्रीय सचिव त्रिभुवन भट्टराईले बताउनु भएको छ।

भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न नगरहरुमा परिचय पत्र विहिन नेपालीलाइ कोरोना विरुद्ब खोप उपलव्ध गराइन प्रशाशनिक अधिकारी हरु मार्फत पहल गर्नुलाइ नेपाली श्रमजिवी हरु ले अभिभावकीय जिम्मेवारी तथा प्रशंसनीय कार्य को रुपमा लिएका छन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार