फुचुंग्री :– कृषि महोत्सव भनेको के हो र काका ?
काका :– कृषिप्रधान देशमा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी मेला लाग्दछ, जुन वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्तिको गुणस्तरिय भएको देखाइन्छ । घरेलु माग पूरा गर्न स्वदेशी बजार को लागि पनि कृषि महोत्सवको खास महत्व हुन्छ ।
फुचुंग्री :– कृषि महोत्सवको अर्थ त्यो रहेछ, छाडा गीत गाएर नांगे नाचेर कृषि महोत्सवको मजाक बनाएछन्।
काका :– खासमा हुनुपर्ने कुरा हाम्रो साधनस्रोत उपयोग गरेर अत्याधुनिक उपकरण प्रयोग गरेर प्रशोधनको विधि अपनाएर स्वदेशी विदेशी बजारको माग अनुसार कृषिजन्य उत्पादनहरू देखाउने र उत्पादनमा लगानीमा प्रोत्साहन दिने हुनु पर्ने हो । तर सरकारी बजेट सिध्यातउनु र जनताको ध्यान अन्यत्र मोड़नु यिनीहरूको कुनीयत रहने गरेको छ।
फुचुंग्री :– नेपालमा सियो धागो पनि बन्दैन कसरी स्वावलम्बी हुने भनेर हार मानेर होला नि हैं काका ?
काका :– देश र जनताको हितमा काम गर्ने सत्ताधारीसँग मिशन भिजन नै छैन। हाम्रो देशमा प्रचुर मात्रामा पानी माटो हावा छ, आबस्यक पर्ने दक्ष जनशक्ति पनि छ केबल सरकारसँग इच्छाशक्ति चाहियो। मुस्ताङको स्याउलाई विश्व भरिका मान्छेलाई एक एक टुक्रा चाख्न दिँदादिँदै हामी धनि भएको थाहै पाउँदैनौं, प्यूठानको चिउरी को रस एक एक घुट चखाउँदा चाखाउँदै हाम्रो खजाना भरिएको पत्तै पाउँदैनौं, झरनाको चिसो पानी लाई हिम मिनरल वाटर भनेर एक एकघुट् पिलाउँदा पिलाउदै हामी संसारकै धनि भइसकेका हुनेछौं । हामीसँग यस्ता सम्भावनाहरू धेरै छन।
फुचुंग्री :– त्यसो हुन सक्यो भने त देशको जनशक्ति देशमै काम लाग्ने भयो है ?
काका :– हो त नानि, कयौंं सयौं नेपाली रोटी रोजिको खोजीमा भारत पसेका त्यतै हराएका छन् । उनका छोराछोरी नेपाली बोल्दैनन्, घर कहाँ हो थाहै छैन, वैदेशिक रोजगार को नाउँमा हजारौं हजार युवाहरु खाड़ी मुलुकमा घाम खाइरहेका छन् । कयौं चेलीहरुले कालकोठरीमा नारकीय जीवन बिताउन बाध्य छन् । मुलुकमा भ्रष्टाचार महंगी कालाबजारी बढेको छ, हत्या हिंसा बलात्कार लुटपाट ले मुलुक आक्रान्त छ। सीमा क्षेत्रका तनाव छ। भूमि अतिक्रमण भएको छ । लिपुलेकमा भारतले सडक बनाउँदै छ, यो नपुंशक सरकार बोल्दैन।
फुचुंग्री :– उनीहरूले त सरकारी जनमोर्चाले सरकारको विरोधको नाटक गरेको छ भन्दैछन् नि काका ?
काका :– हामीले उनीहरूले बनाएको सन्तेको जनमोर्चा भनेका छैनौँ किनकी यति तल उत्रेर घटिया टीका टिप्पणी हामीले गर्दैनौं । राजमो सधैं राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा सम्झौताहीन संघर्ष गर्दै बोल्दै आएको छ। लिपुलेकका विषयमा सरकार आफ्नो धारणा स्पष्ट पारोस भनेर माग गरेको छ । भारतीय साम्राज्यवादी नीतिको घोर निन्दा गरेको छ ।
फुचुंग्री :– अनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलनको तयारी कहाँ पुग्यो नी काका ?
काका :– मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी ज्यूले अस्तिको अन्तर्वार्तामा सम्मेलन को तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
फुचुंग्री :– सन्ते दाइका मान्छेहरूले पनि फेरि अर्को आठौ सम्मेलन गर्छौं भन्ने हुन कि ?
काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !