
प्रबासी नेपालीको
चिताएर भलो।
समस्याको समाधानमा
गरौ हातेमालो ।।
होटल र कोठी अनि
कम्पनीका गेट।
चुहादैछौ पसिना
भर्न पापी पेट।।
अफ्ठ्यारा र असजिला
आउन्नन् खबर गरि।
अनाहकमा कति जाना
गएका छन् मरी।।
मरे जिउदाको थाहा कठै
हुन्न परिबारमा।
नेपाली बिचमा उठबस नहुदा
कति परे मारमा।।
भारतमा संगठन छ
मूल प्रबाह हाम्रो ।
नेपालीको बिचमा पुगी
काम गर्याछ राम्रो।।
एक आपसमा सबैमा
एकताको डोरी बाट्दै
पुर्ब पश्चिम पुगेको छ
दुख सुख साट्दै।
गलत तत्व पन्छाउछ
निडर बनी उठ्छ।
समस्या पर्यो कि त
समाधानमा जुट्छ।।
छोड्नुपर्छ भन्छ सबलाइ
जीवन खाने लत।
मेटाउन खोज्छ सबका
मनका खटपट।।
2024 साल सकिएर
2025 साल आछ।
संघले नया सदस्यता नबिकरणको
अभियान चलाइराछ।।
साथ दिउ सबैले
अभियान सफल पार्न।
यसले मद्दत पुर्याउनेछ
जीवन स्थर फेर्न।।
यो संघका कार्यहरु
नजिकबाट जानौ।
कुरा बुझी मूल प्रबाहको
सदस्यता बनौ।।