चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य पदम पौडेलको हृदयघातको कारण निधन भएको छ । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका महासचिव ठाकुर खनालले समाजको तर्फबाट एक शोक वक्तव्य जारि गर्दै गहिरो दुःख प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
वक्तव्यमा लेखिएको छः
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य पदम पौडेलको हृदयघातको कारण निधन भएको समाचारले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । वहाँको २२ जनवरी २०२२ का दिन हृदयघातका कारण निधन भएको छ । वहाँ संगठनको एक होनहार, इमान्दार र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । संगठनमाथि फूटपरस्त तत्वहरुले हमला गरिरहेको परिस्थितिमा संंगठनप्रति वहाँले उत्तरदायी भई एक योद्धाको रुपमा जिम्मेवारी निर्वाह गर्दै चेन्नई पश्चिममा संगठनलाई बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पदम पौडेलको निधनले सिंगो संगठनलाई अपूर्णीय क्षति पुगेको छ । मृतक पदम पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”