चंडिगढ, २८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै संचालित प्रचारात्मक अभियान अन्तर्गत हिजो चंडिगढ नगर समिति अन्तर्गत पंचकुला सेक्टर २० मा सदस्यता वितरण तथा संगठन निर्माण कार्य सम्पन्न गरिएको छ ।
मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र महिला नगर संयोजक माया आचार्यको विषेश उपस्थितिमा सम्पन्न भेलामा वर्तमान अवश्थामा भारतस्थित नेपालीहरुका समस्या तथा मूल प्रवाहको आवश्यकता लगाएतका समसामयिक विषयहरु माथी व्यापक छलफल पश्चात दिपक सुनारको अध्यक्षतामा मा ७ सदस्सिय टोल समिति गठन गरिएको छ । जस्माः सचिव– राजकुमार बिक, कोषाध्यक्ष– आकाश कुमार विक, सदस्यहरुमाः सन्तोष विक, राम बहादुर विक, कृष्णा सुनार र विष्णु बस्नेत रहनुभएको छ ।