अर्घाखाँचीका रामप्रसाद पौडेललेद्धारा आत्महत्या

चंडिगढ । भारतको हरियाणा राज्यको करनालमा फास्ट–फूडको काम गर्ने नेपाली युवक रामप्रसाद पौडयाल वर्ष ४१ ले आज दिउसो आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेका छन्।

घटना बारे थाहा पाउन वित्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बिक्रमसिंह राना सहितको टिम स्थानिय पुलीस संगै घटना स्थल पुगी प्रारम्भिक जानकारी जाचबुझ गर्दा मृतकका तिन छोरी र एक छोरा नेपालमा रहेको केहिदिन पुर्व एक छोरीको विवाह भएको पनि थाहा लागेको छ ।

डिप्रेसनका कारण आत्महत्या गरेको हुनसक्ने शंका गरिएका मृतकको केसलाई प्रहरी अनुशन्धानमा राखिएको छ । मृतक रामप्रसाद पौडेल अर्घाखाँची जिल्लाको छत्रगञ्ज गाउँपालिका केरुङा धर्मपानी निबासी भुपाल पौडयालको छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार