चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत महेशपुरमा टोल समिति गठन भएको छ ।
एरिया सदस्य वुद्धी सोधीको विषेश पहलमा आयोजित भेलामा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्यले मूल प्रवाहको विधान एवं घोषणापत्र लगाएतका सम सामयिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । भेलाले देव बहादुर खनालको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको सचिव बुद्धि सोधी, कोषाध्यक्ष नर बहादुर राना, सदस्यहरुमा जेम बहादुर रास्कोरी, सुशिला खडका, माया राना, हरि खडका, प्रिती राना, पानालाल, गिता खनाल, लक्ष्मी खनाल, टेक बहादुर राना रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै सञ्चालित प्रचारात्मक अभियान अन्तर्गत बिहिबार चंडिगढ नगरसमिद्वारा पंचकुला सेक्टर २० मा सदस्यता वितरण तथा संगठन निर्माण गरिएको हो ।
त्यसैगरि सोही नगर समिति अन्तर्गत सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र महिला नगर संयोजक माया आचार्यको विषेश उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
सम्पन्न भेलामा वर्तमान अवस्था भारतस्थित नेपालीहरुका समस्या तथा मूलप्रवाहको आवश्यकता लगाएतका समसामयिक विषयहरुमा छलफल गरिएको थियो ।
सो भेलाले दिपक सुनारको अध्यक्षतामा ७ सदस्सीय टोलसमिति समेत गठन गरेको छ । समितिको सचिवमा राजकुमार विक, कोषाध्यक्ष आकाश कुमार विक तथा सदस्यहरुमा सन्तोष विक, रामबहादुर विक, कृष्णा सुनार र विष्णु बस्नेत रहनु भएको छ।