आठौ अखिल भारत सम्मेलन प्रचारात्मक कार्यक्रमहरु तिव्र गतिमा

चंडिगढ, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठनका नेता कार्यकर्ताहरुमा थप जोस, जाँगर, उमंग र हौसला बढिरहेको छ ।

सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत आर्थिक सहयोग संकलन, सदस्यता वितरण, क्लास र संगठन विस्तार कार्य तिव्र पार्दै मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रका नगरहरुमा संगठनात्मक गतिविधिहरु सशक्त रुपमा सम्पन्न भइरहेका छन् ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको मुक्तशहरमा आज केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जीसी, क्षेत्रीय महिला विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, शिवप्रसाद पोख्रेल लगाएतको टिमले प्रचारात्मक अभियानलाई तिव्र पार्दै सदस्यता वितरण, आर्थिक संकलन र प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन, फुटपरस्त गतिविधिहरु विरुद्ध संघर्ष लगाएत समसामयिक विषयहरुमा केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जीसीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम देबेन्द्र थापाको अध्यक्षता तथा सुक बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको हो । मुक्तशहरमा आज टोल टोलमा दिनभर प्रचारात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार