चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राष्ट्रियता तथा गणतन्त्रको रक्षा एवं प्रवासी नेपालीहरुको हकहितको लागि निरन्तर संघर्ष आएको समाजका अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले उक्त धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति र महिला विभागको संयुक्त आयोजनामा सम्पन्न आठौं अखिल भारत सम्मेलन सन्देश सभा तथा ११२औं श्रमिक महिला दिवसको कार्यक्रमको प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै राख्नुभएको हो ।
‘राष्ट्रियता तथा गणतन्त्रको रक्षाको साथै संघीयता तथा एमसीसी विरुद्ध संघर्षको आवश्यकता छ ।’ खनालले अगाडि भन्नु भयो- ‘नेपालमा राजमो तथा नेकपा (मसाल) वाहेक राजनैतिक विष्लेषक र सच्चा क्रान्तिकारी पार्टीको खडेरी परेको छ ।
महिला दिवश फेश्नको रुपमा होइन, समाजको आमुल परिवर्तन गर्ने मार्गको रुपमा मनाउन पर्ने अध्यक्ष खनालको धारण थियो । ‘क्लाराजेटकिन र रोजालक्षेमवर्ग जस्ता महिला नेतृको योगदानबाट महिला आन्दोलन लाइ उर्जा मिलीरहेको छ ।’ वहाँहरुले महिला आन्दोनलका दौरानमा प्राप्त गरेको उपलब्धिहरुले नै महिलाहरुलाई आत्मनिर्भरताको लागि सदा आत्मविश्वास पैदा गर्दै आएकोमा जोड दिनुभएको थियो।
समारोहमा केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, परिषद सदस्य थमन थापा, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवं महिला विभाग क्षेत्रीय समितिकी जुना चालिसे, समता केन्द्रीय विभागका बिनु नेपाली, विद्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्वासे, साँस्कृतिक बिभागका दुर्गा विक, खेल विभागका पुरन थापा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा तथा जमुना खनाल को संचालनमा सम्पन्न भएको थियो भने मायाँ आचार्य र कलाकार हरु ले स्वागत गर्नुभएको हो। कार्यक्रम मा रक्तिम कलाकार हरुको सांगीतिक प्रस्तुति पनि दिएका थिए।