चंडिगढ, १४ मार्च । चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले आठौं अखिल भारत सम्मेलन र संगठनलाई उर्जा थपेको मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले बताउनु भएको छ । पुनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर समितिको आयोजनामा सम्पन्न आठौं अखिल भारत सम्मेलन सन्देश सभालाई प्रमुख अतिथिको आशनबाट सम्वोधन गर्दै राख्नु भएको हो ।
मूल प्रवाह सबैप्रकारका चुनौतीहरुलाई सजिलै चिर्न सक्ने बलियो संगठन भएको ऐतिहासिक आठौं अखिल भारत सम्मेलनले पुष्टि गरेको समेत बताउनु भएको थियो । सन्देश सभामा अखिल भारत सम्मेलनले दिएको जिम्वेदारी निभाउन सबै कार्यकर्ता तैयार रहेको तर्क सहित मन्तव्य पुनले राख्नुभएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य कुल बहादुर बगाले, वैकल्पिक सदस्य धनराज विक, परिषद सदस्य लक्ष्मण खड्का, परिषद सदस्य जमुना गाहा, महिला क्षेत्रीय विभाग कि मीना बगाले, नगर विभागकी लक्ष्मी थापा, सन्तोसी थापा, सरस्वता आचार्य, रमा विष्ट, इन्दिरा कुवर, रोशनी केसी, मदिराम भण्डारी, चन्द्र बस्याल, गिर रसाइली, अनु बुढामगर, माया केसी, लक्ष्मण केसी लगाएतले मन्तव्य दिनुभएको थियो हुनुहुन्थ्यो ।
कार्यक्रम जीतमान थापाको अध्यक्षता र तिल बहादुर थापाको संचालन एवं स्वागत मन्तव्य लक्ष्मण केसीले दिनुभ भएको थियो ।