चंडिगढ । मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन पछि भारतका विभिन्न स्थानमा संगठन विस्तार भइरहेको छ । सम्मेलन भव्यरुपमा सफलतापछि नेता कार्यकर्ताहरु थप जोस जाँगरका साथ संगठन निर्माणलाई निरन्तरता दिएका छन् ।
सोही सन्दर्भमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढ र हिसारमा सम्पन्न बेग्लाबेग्लै भेलाहरुले टोल समितिहरु गठन गरेका छन् ।
चंडिगढ
मूल प्रवाह चंडिगढ नगरसमितिद्वारा सञ्चालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८ मा क्षेत्रीय सल्लाहकार जुना चालिसेको पहलमा आयोजित भेलाद्बारा ९ सदस्यीय टोल समिति गठन गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले उद्घाटन गर्नुभएको भेलामा विभिन्न समसामयिक विषयहरुमाथि व्यापक चर्चा गरिएको थियो ।
उक्त ‘प्रगतिशील टोल समिति’को घोषणा केन्द्रीय सदस्य एवं नेपाली समाचारका संयोजक खिमराज चालिसेले गर्नु भएको थियो । नवगठित समितिका अध्यक्ष पुजा श्रीवास्तव, सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष दिपक अर्याल र सदस्यहरुमा राधा परियार, लक्ष्मी खत्री, लक्ष्मी योगी, सुनिता केसी, मिना थापा र मिना पँथी रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार एवं महिला क्षेत्रीय विभागकी जुना चालिसे, चंडिगढ खेल विभागका पुरन थापा, मोहाली एरिया समिति सदस्य लक्ष्मी क्षेत्री लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम विष्णु अर्यालको सञ्चालन तथा सिमा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सरस्वता भुसालले गर्नुभएको थियो।
हिसार
यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित इन्डष्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा बैंक कलोनी ‘डि’ टोल समिति गठन गरिएको छ ।
मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले विधान, घोषणापत्र लगाएत समसामयिक विषयहरुमा प्रशिक्षण दिएपछि गठित ११ सदस्यीय टोल समितिको अध्यक्षमा लिला बहादुर बलाल, उपाध्यक्ष संगिता गोतामे, सचिव जीवन गोतामे, कोषाध्यक्ष निलम बलाल र सदस्य हरुमा मायाँ बलाल, चंचला देवि, मिनु राई, पवित्रा बुढाथोकी, दुर्गा बहादुर बलाल, लक्ष्मण, निरज रहनु भएको छ।
नवनिर्वाचित समितिका अध्यक्षद्वारा सपथ ग्रहणपछि केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगरले बधाई तथा शुभकामना दिनुभएको थियो।
कार्यक्रम श्याम बहादुर विकको सञ्चालन तथा संगिता गोतामेको अध्यक्षतामा सम्पन्न भएको थियो ।