विनोद थापाका आश्रीतलाई मूल प्रवाहको पहलमा सहयोग

चंडिगढ, १५ अप्रेल । भारतको पञ्जाव राज्यको लुधियानामा हृक्षघातका कारण निधन भएका ५२ वर्षिय विनोद थापाको परिवारलाई मूल प्रवाहको पहलमा आज मालिकबाट रु. ७८ हजार ८०० सय सहयोग दिलाइएको छ ।

लुधियानाको घण्टाघरस्थित एक रेस्टुरेण्टमा कार्यरत विनोद थापाको हिजो राति सुतिरहेको अवश्थामा निधन भएको थाहा पाए पछि मूल प्रवाहका केन्द्रीय सल्लाहकार रामचन्द्र पौडेल र नगर समितिका मान बहादुर आले घटनास्थल पुगी आवश्यक जाचबुझ समेत गरि मृतकका आश्रितलाई सहयोग गर्नुपर्ने माग राखेका थिए । मालिकसँगको लामो छलफल पश्चात नेरु ७८ हजार ८०० सय नगद सहयोग गर्ने सहमति अनुसार आज रकम हस्तान्तरण गरिएको छ ।

सुतिरहेको अवश्थामा ह्रदयघातका कारण निधन हुनसक्ने अनुमान गरिए पनि मृत्युको वास्तविक कारणको लागि पुलिस अनुशन्धान चलिरहेको रामचन्द्र पौडेलले बताउनु भएको छ । मृतक विनोद थापा अर्घाखाँची जिल्ला, भुमिकास्थान नगरपालिका ५ असुरकोट स्थाई निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार