चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय रुपमा रक्षात्मक अवश्थामा रहेको मार्क्सवाद लेनिनवाद तथा माओ विचारधाराको संरक्षण गर्दै साम्राज्यवादी, विस्तारवादीहरुसँग मात्र होइन । कम्युनिस्ट आन्दोलन भित्रका सबैखाले अवसरवादी तत्वहरुबाट पनि पार्टी र सिद्धान्तको रक्षा गर्न सबै कार्यक्रता समथर्क शुभचिन्तक समेत लामवद्ध हुनुपर्ने विचार राख्दै भारतमा पार्टि स्थापना दिवश र लेनिन दिवश कार्यक्रम भव्य रुपमा मनाइएको छ।
अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च चंडिगढको आयोजना मा नेकपाको ७४औं पार्टि स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता एवं अक्टुबर क्रान्तिका महानायक का. लेनिनको १५४औं जन्मदिवश समारोहको कार्यक्रम सम्पन्न गरिएको छ ।
अहिलेको परिस्थितिमा लेनिन दिवश र पार्टि स्थापना दिवसको महत्व बारे प्रकास पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवं नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिकी जुना चालिसे, महिला क्षेत्रीय विभाग कि सिमा खडका, मूल प्रवाह नगरका प्रेम गुरुङ, जनजाति विभागका जितेन्द्र गुरुङ, समाता विभागका दुर्गा विक, रक्तिम विभागका सरस्वता भुसाल, एरियाहरुबाट बालाराम न्यौंपाने, बलुराम बञ्जाडे, लक्ष्मण पाण्डे लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम किसन खनालको सञ्चालनमा तथा थमन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मान बहादुर केसीले गर्नुभएको हो ।