हिसार र लुधियानामा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च हिसारको आयोजनामा नेकपाको ७४औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५३औं जन्मदिवश समारोहको कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा कम्युनिस्ट पार्टीमा लेनिनवादी संगठनात्मक पद्धतिको महत्व र मार्क्सवाद लेनिनवाद तथा माओ विचारधाराको आवश्यकता बारे व्यापक चर्चा गर्दै विचार राख्ने वक्ताहरुमा केन्द्रीय परिषद सदस्य निरु सारु र केयर सिंह घर्तीमगर, क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, महिला क्षेत्रीय सदस्य डोलमायाँ विक र नगरका दुर्गा तिवारी, ओमप्रकास तिवारी, मन बहादुर घर्तीमगर लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम बिष्णु गौतमको सञ्चालनमा तथा श्याम बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत नारायण न्यौंपानेले गर्नु भएको थियो।

त्यसैगरि सुदुर पश्चिमोत्तर क्षेत्रको लुधियानामा पनि लेनिन दिवश तथा पार्टी स्थापना दिवस मनाइएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै मूल प्रवाहका उपाध्यक्ष हिरासिंह चन्दले अन्तर्राष्ट्रिय रुपमा रक्षात्मक अवश्थामा रहेको मार्क्सवाद लेनिनवाद तथा माओ विचारधाराको रक्षा-कवच बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । अन्य वक्ताहरुमा समता विभागका नर बहादुर विक र नगर समितिका चक्रबहादुर चन्द लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम बल बहादुर केसीको सञ्चालनमा तथा उदैसिंह चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य भगत विकले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार