बाग्लुङका मानबिरे सार्किको केरलामा अन्तिम संस्कार

कोट्टयाम केरला, २८ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा मानबिरे सार्किको अन्तिम दाह सँस्कार गरिएको छ ।

बाग्लुङ नगरपालीका ११ रायडाँडा राम्तोला स्थाई निवासी पदम सार्किको छोरा मनबिरे सार्की वर्ष ५३ का रोजगारीको सिलसिलामा भारतको केरला राज्यको आलपुणा जिल्ला अन्तर्गत नुअरनाडस्थित एक होटलमा लामो समयदेखि कार्यरत रहि आफ्नो घर परिवारको दैनिकिको जोहो गर्दै आएका थिए ।

काम गर्ने दौरानमा अचानक रिङटा लागि लडेपछि होटेल मालिकले अडुरको एक अस्पतालमा पुराई त्यहाँ सम्भावना नभए पछि आलपुणा भण्डानम मेडिकल कलेजमा रेफर गका थिए । त्यहाँ दुई दिन उपचारर्थ रहेपछि, २६ अप्रिलका दिन कोट्टयाम मेडिकल कलेजमा रेफर गरिएको थियो ।

कोट्टयाम मेडिकल कलेजमा चेक जाँच पछिको रिपोर्टमा हाई व्लड प्रेसर भएर टाउकोमा अत्याधिक असर परिसकेको देखिए पछि तत्काल सल्यकृयाको प्रकृया अगाडि बडाए पनि लामो समयसम्म व्लड नरोकिनुको कारण २७ अप्रिलका दिन बिहान मृतुभएको थियो।

प्रसासनिक कार्यहरु पूरा गरि २८ अप्रिलका दिन कोट्टयाम मुनिसिपाल्टिको संसानघाटमा मृतकका छोरा आफन्तजन स्थानिय बासिन्दा होटेल मालिक र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको रोबहरमा मानबिरे सार्किको अन्तिम दाह संस्कार भयकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार