चण्डीगढमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चण्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ कार्ल मार्क्सको २०५औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ ।

संसार भरी रक्षात्मक अवस्थामा रहेको क्रान्तिकारी आन्दोलनको रक्षा कवच बन्न प्रेरित मार्क्सवादको सिद्धान्त र वर्तमान अवश्थामा रहेको विभिन्न चुनौतीहरु बारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवं नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय विभागका सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खड्का, समता विभागका अर्जुन विक, नगरका दुर्गा विक, महिला विभाग संयोजक माया आचार्य, रक्तिम विभागकि सरस्वती भुसाल, मोहालीबाट बालाराम न्यौंपाने, सिटीबाट दान बहादुर जीसी, मध्यसिटीबाट जमुना खनाल लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम थमन थापा को अध्यक्षतामा तथा थानेश्वर पाण्डेको सञ्चालन र मान बहादुर केसीले स्वागत गर्नुभएको थियो ।

रोपड,

त्यसैगरि अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च रोपडको आयोजना २०५औं मार्क्स दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।

मार्क्स दिवशको महत्व तथा अवसरवादीहरुले मार्क्सवादी सिद्धान्त माथी गरिरहेको हमला बारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटा र मदन थापा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य शिवलाल लामिछाने, महिला क्षेत्रीय सदस्य मन्जु थापा, नगर सदस्य लाल बहादुर थापा, रक्तिमबाट रुपा कार्की लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम ओमप्रकाश सापकोटाको अध्यक्षतामा भक्त बहादुर थापाको सञ्चालन र भिम कार्किको स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार