
हिसार, २५ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित महिला नगर विभाग हिसारको संगठनात्मक भेला भव्य तथा सानदार रुपमा सम्पन्न भएको छ ।
केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले उदघाटन गर्नु भएको सो भेलामा वर्तमान पुरुष प्रधान सामाजिक संरचना मा महिलाहरु माथी हुने अन्याय, अत्याचार, शोषण दमन विरुद्ध महिलाहरु नै संगठित रुपमा शशक्त अनुशासित, सभ्य र प्रकृयावद्ध रुपमा प्रतिवाद गर्दै घर समाज हुँदै देशमा व्यवस्था परिवर्तनको आधार तैयार पार्न सम्पूर्ण भुमिका को साथ लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।
मूल प्रवाह नगर अध्यक्ष बाबुराम पोख्रेलले नवनिर्वाचित समितिको घोषणा गर्नु भएको १९ सदस्यीय महिला नगर विभागको संयोजकमा सीता पोख्रेल, सदस्यहरुमा कमला बगाले, दुर्गा ज्ञावली, सीता पौड्याल, चन्द्रा सोमरे, गिता बलाल, कमला खरेल, मिनु दर्लामी, उमा लम्तरी, दुर्गा तिवारी, निमा घिमिरे, रिमा बगाले, सविता राना, सुनिता सोनी, बिष्णु जिसी, दुरमायाँ गाहा, सेती राना, ज्योती कुवंर, मंजुबाला लगाएत रहनु भएको छ ।
उक्त भेलामा मूल प्रवाह केन्द्रीय परिषद सदस्य केयरसिंह घर्तीमगर र नारायण विक, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितीका नन्द बहादुर लम्तरी, महिला क्षेत्रिय विभाग कि चन्द्रा सोमरे, मूल प्रवाह नगर अध्यक्ष बाबुराम पोख्रेल, विद्यार्थी बिभागका दिपा लम्तरीको आतिथ्यता रहेको कार्यक्रममा अतिथीहरु समेत हुमाकान्त अधिकारी, ओम प्रकाश तिवारी, समता विभागका श्यामबहादुर विक, कमला खरेल, सुरेश क्षेत्री लगाएतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
कार्यक्रम कमला बगालेको सञ्चालनमा र दुर्गा तिवारी को अध्यक्षतामा सम्पन्न भएको थियो भने ज्ञात अज्ञात शहीदहरु प्रति एकमिनेट मौनधारण पश्चात दुर्गा ज्ञावाली स्वागत ले गर्नु भएको थियो ।














