मूल प्रवाह भटिन्डा नगर सदस्य सारुलाई प्रवासबाट बिदाइ

खिमराज चालिसे,

भटिन्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भटिन्डा नगर समितिले वैकल्पिक सदस्य बुद्धि बहादुर सारुलाई प्रवासबाट बिदाइ गरेको छ ।

भटिन्डा नगर समितिले एक समारोहको आयोजना गरी सारुलाई सम्मान सहित बिदाइ गरेको हो ।

भटिन्डा थर्मलबाट ६० वर्षको उमेरमा केही दिन पहिला सेवानिवृत्त हुनु भएका सारु मूल प्रवाह नगर समिति अन्तर्गत विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएको थियो । उहाँलाई मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओलीले अबिर र फूलमाला लगाएर सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

सारुलाई शुभकामना दिँदै केन्द्रीय सदस्य ओलीले प्रवासमा जस्तै स्वदेशमा पनि राष्ट्रिय जनमोर्चासँग नजिक रहेर सामाजिक तथा राजनैतिक कार्यमा सक्रिय सहभागिता जनाउनु हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

शुभकामना दिने अन्य वक्ताहरुमा नारायण केसी, बालाराम जिसी, तुल्सा थापा लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम टेक बहादुर केसीको अध्यक्षतामा तथा गिरी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार