पटियालामा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

पटियाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका आज भारतव्यापी रुपमा प्रतिनिधि सभाद्धारा पारित संसोधित नागरिकता विधेयक विरुद्ध विरोध गरिरहेको सन्दर्भमा हिजो पटियालामा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित पटियाला नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मूलप्रवाह केन्द्रीय सदस्य तिलक पौडेलले संशोधित राष्ट्रघाती नागरिकता विधेयकले नेपाल फिजी बनाउने तर्क दिनु भएको हो भने दरिलो विचार राख्दै बोल्ने अन्य वक्ताहरुमा लगाएत बिष्णु रेग्मी, शिव कुमार सुनार, प्रविन रेग्मी, अमव लामा हुनुहुन्थ्यो ।

कार्यक्रम बिष्णु भुसालको अध्यक्षतामा तथा गोपाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार