चण्डिगढमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

चंडिगढ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित चंडिगढ नगर समितिको आयोजनामा चंडिगढमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रिय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय विभाग सदस्य एवम् क्षेत्रीय सदस्य बिनु नेपाली, विद्यार्थी विभागका केन्द्रीय सदस्य विष्णु बेल्बासे, जनजाति विभागका थमन थापा, महिला नगर संयोजक माया आचार्य, रक्तिम नगरका अर्जुन विक, विद्यार्थी नगरका राम पन्थी लगायतका नेताहरुले राष्ट्रघाती नागरिकता विधेयकले देशको सार्वभौमिकता र अखण्डतामाथि गम्भीर खतरा भएको बताउनु भयो ।

मानबहादुर केसीको अध्यक्षतामा तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत किसन खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार