रोपडमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

रोपड । नागरिकता विधेयक विरुद्ध रोपडमा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित रोपड नगर समितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम सापकोटाले राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता गुम्ने गम्भीर खतरा भएको बताउनु भयो ।

त्यस्तै, क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, खगी थापा, दयाराम लामिछाने, राष्ट्रिय जनमोर्चाकी लक्ष्मी सापकोटा प्रजापती र लाल बहादुर लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता ओमप्रकाश सापकोटाले गर्नुभएको थियो भने मदन थापाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार