लुधियाना । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समितिले पनि नागरिकता विधेयक विरुद्व विरोध सभा गरेको छ ।
विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले देशका राजनैतिक दलहरुको अदुरदर्शीताका कारण देश फेरि दुर्घटनातिर गई रहेको बताउनु भयो । उहाँले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको विकल्प नरहेको बताउनु भयो ।
त्यस्तै, क्षेत्रीय सदस्य उदय सिंह चन्द र नर बहादुर बिक लगाएतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम बलबहादुर केसीको अध्यक्षतामा तथा मानबहादुर आलेको सञ्चालनमा सम्पन्न भएको हो।