उटी-निलगिरीमा विरोध सभा सम्पन्न

निलगिरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिले राष्ट्रघाति नागरिकता बिधेयकका बिरुद्ध सभा सम्पन्न गरेको छ ।

नगर अध्यक्ष टेकबहादुर बिकको अध्यक्षता र मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा एकमिनेट मौनधारण पछि मधु खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।

क्षेत्रीय समितिका बिरे थापा र जगत हमालले सम्बोधन गर्दै नेपालको नागरिकताको बिषय र राष्ट्रघाती नागरिकता बिधेयक खारेजको बिषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थी बिभागबाट कस्तुरी थापा, साँस्कृतिक बिभागबाट बल बहादुर बिकले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार