पाण्डिचेरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको सन्देश सभा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
सन्देश सभा कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलको प्रमूख आथित्यता रहेको थियो । अन्य अथितिहरुमा केन्द्रीय सदस्य भगवति कुँवर, प्रतिनिधि चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा हुनुहुन्थ्यो ।
सन्देश सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमूख अथितिले संग्रहमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन भब्य रुपमा सफल भएको र सम्मेलन असफल पार्न विभिन्न कोणबाट गरिएका भ्रमित गतिविधिहरु प्रतिबाद गर्न संगठन सक्षम रहेको सम्मेलनले पुष्टि गरेको बताउनु भयो ।
अथिति भगवति कुँवरले विभिन्न अवरोध र षडयन्त्रहरु चिर्दै सम्मेलन सान्दार रुपमा सम्पन्न भएको साथै संगठित कार्यकर्ता सदस्यहरु फुटपरस्त तत्वका गतिविधिको भ्रममा नरहेको सम्मेलनले पुष्टि गरेको बताउनु भयो ।
त्यस्तै केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले आफ्ना धारणा राख्दै दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न बताउनु भयो । ‘अराजकहरुका संगठन विरोध गतिविधि र भ्रमहरुलाई सचेत कार्यकर्ता एवं शुभचिन्तकहरुले पहिचान गरिसकेको पुष्टि भएको छ ।’
अथिति डिल्ली प्रसाद शर्माले कार्यक्रममा धारणा राख्दै संगठन विरोधी तत्वहरुलाई सम्मेलनले किनारा लगाउन महत्वपूणर् भूमिका निर्वाह गरेको सम्पुर्णमा कार्यकर्ताहरु एवं जनसमुदायलाई धन्यबाद प्रकट गर्नु भएको थियो ।
नगर सदस्य राजेन्द्र जिसी, मुदलियर पेट एरियाबाट रेखा गायक, संझना गायक, नर बहादुर केसी, सरस्वति गायक, समता विभागबाट सुर्य गायक, उत्तर टाउन एरिया समितिबाट बम बहादुर केसी, महिला विभाग नगरबाट जमुना शर्माले सन्देश सभामा मन्तव्य दिनुभएको थियो ।
विनोद गायकको अध्यक्षता र विष्णु शर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा सहभागिहरुलार्य नगर उपाध्यक्ष गंगाराम आचार्यले स्वागत गर्नु भएको थियो ।