रोपडमा मूल प्रवाहको महिला विभाग पुर्नगठन ।

#खिमराज चालिसे,

चंडिगढ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको आयोजनामा 14 अगस्त 2022 का दिन महिला भेला सम्पन्न भयो । उक्त भेलाले नगर स्तरिय महिला विभागको पुर्नगठन गरिएको छ ।

भेलाको उद्घाटन गर्दै महिला क्षेत्रिय विभागकी संयोजक सिता सापकोटाले वर्तमान प्रतिक्रियावादी व्यवस्था को आमूल परिवर्तन बिना आधा धर्ति ओगटेका महिलाहरुले वास्तविक हक, न्याय र स्वतन्त्रता पाउन नसक्ने बताउनु भएको थियो ।

भेलामा विशिष्ठ अतिथी केन्द्रीय सचिव तथा सुदुरपश्चिमोत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटाले पुरुष प्रधान समाजले महिलाहरु माथी भेदभाव गरेको हुनाले त्यसको अन्तको लागि महिलाहरूनै संघर्षमा अगाडी आउनु पर्ने विचार व्यक्त गर्नु भयो । सो भेलालाई वक्ताहरुमा केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटा, क्षेत्रिय सदस्य शिवलाल लामिछाने, बिल बहादुर गुरुङ, खगि थापा, नगर समितीका लाल बहादुर थापा, ओमप्रकास सापकोटा, लगाएतले सम्बोधन तथा सहभागी रहेको थियो ।

भेलाले मंजु थापाको संयोजकत्वमा 15 सदस्यीय महिला विभाग गठन गरेको छ । अन्य सदस्यहरुमा लक्ष्मी गुरुङ, खगी थापा, रुपा कार्कि, राधा ज्ञावली, पूर्ण कला सारु, चन्द्रकला थापा, दिल कुमारी परियार, लक्ष्मी सापकोटा, हरी कला कडेल, डोलु देवी सापकोटा, दुर्गा लामीछाने, नाम कुमारी सापकोटा (लक्ष्मी सापकोटा), सारदा सापकोटा र सीता सापकोटा रहनु भएको छ।
रूपा कार्कीको संचालनमा तथा लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी अतिथी एवं जनसुदायलाई मन्जु थापाले मन्तव्यबाट स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार