#खिमराज चालिसे,
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर समितिले अन्य संगठन छोडि मूलप्रवाहमा आउने नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै टोल समितिहरु निर्माण गरेको छ ।
मूल प्रवाह जालन्धर नगर समितिद्धारा सञ्चालित इण्डस्ट्रीयल एरिया समितिको आयोजनामा सम्पन्न प्रथम आमसभा तथा नव प्रवेशीहरुलाई स्वागत समारोहको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले करतार ध्वनीमा व्यानर खोलेर गर्नु भएको थियो । वहाँले उद्घाटन भाषणमा संगठनात्मक पद्धती र अनुशासन समेत मूल प्रवाह तथा विभिन्न विभागहरुको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।
भेलाले दुईवटा टोल समितिहरु तथा एक खेलकुद उपसमिति गठन गरेको छ । जस्मा :
पञ्चेबाजा टोल समिति तर्फ
अध्यक्ष नर बहादुर परियार, उपाध्यक्ष एम बहादुर विक, सचिव राजु तिरुवा र सदस्यहरुमा सुर्य परियार, मनु परियार “क”, जीवन परियार, प्रकाश परियार, चैते परियार, मनु परियार रहनु भएको छ ।
फोकल प्वाइन्ट टोल समिति तर्फ
त्यसै गरि इण्डस्ट्रीयल एरिया समिति अन्तर्गत फोकल प्वाइन्ट टोल समिति गठन भएको छ । जस्माः अध्यक्ष- खडक थापा, उपाध्यक्ष- प्रेम परियार, सचिव- रञ्जन थापा, सहसचिव- विवेक थापा, कोषाध्यक्ष- हिरा देवी र सदस्यहरुमा क्रमशः मञ्जु परियार, कुल बहादुर सुनार, तारा क्षेत्री, सुमित्रा परियार र देवी सुनार रहनु भएको छ ।
खेलकुद उप समिति तर्फ
अमित विकको संयोजकमा विवेक थापा, रञ्जन थापा, खड्क थापा, विक्रम सुनाम, राजु तिरुवा, मञ्जुल सुनाम, लक्ष्मण केसी र हरि रसाइली रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई वधाइ तथा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, परिषद सदस्यहरु लक्ष्मण खड्का, शुष्मा खड्का र जमुना गाहा महिला क्षेत्रीय विभाग सदस्य मीना बगाले, नगर सदस्य दिल बहादुर गाहा, सिटि एरिया अध्यक्ष मधुकर भण्डारी, महिला विभाग जालन्धर कि माया केसी लगाएत हुनुहुन्थ्यो ।
पञ्चेबाजाहरु सहित सम्पन्न आमभेलामा विभिन्न संगठन परित्याग गरि मूल प्रवाहमा प्रवेश गर्नु भएका कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य कुल बहादुर बगालेले सदस्यता दिनुभएको थियो । केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खालीले टीका अबिर लगाउनुको साथै परिषद सदस्य तथा केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्काले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रम अमित विकको सञ्चालनमा तथा हिम प्रसाद सुनामको अध्यक्षता सम्पन्न भएको हो भने स्वागत चन्द्र बस्यालले गर्नुभएको थियो ।