खिमराज चालिसे,
चंडिगढ, 7 नोवेम्वर 2022 भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सोमबार आफ्नो ४४ औं स्थापना दिवश भारत व्यापी मनाएको छ ।
सोही कार्यक्रम अन्तरगत मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रका चंडिगढ र रोपडमा पनि कार्यक्रम सम्पन्न गरेको छ ।
चंडिगढ
मूल प्रवाह चंडिगढ नगरसमितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, मूल प्रवाह केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, विद्यार्थी संघका केन्द्रीय सदस्य विष्णु बेल्बासे, नगर अध्यक्ष मान बहादुर केसी, जनजाति विभागका प्रेम गुरुङ, विभागका अर्जुन बिक, रक्तिम विभागका दुर्गा बिक लगाएतले मूल प्रवाह एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरुको समसामयिक समस्याहरुमा एकता समाजको सारगर्वित भुमिका बताउनु भयो ।
कार्यक्रम थमन थापाको अध्यक्षतामा तथा थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सरस्वता भुसालले गर्नु भएको थियो ।
रोपड
मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रको रोपड नगरसमिले पनि ४४ औं स्थापना दिवशको कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई मूल प्रवाहका केन्द्रीय सचिव एंव सुदूर पश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटा, मदन थापा, क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, शिवलाल लामीछाने, महिला नेतृ खगि थापा, महिला नगर संयोजक मन्जु थापा रक्तिम विभागका रुपा कार्की लगाएतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम ओम प्रकास सापकोटाको अध्यक्षतामा तथा दयाराम लामीछानेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत रक्तीम कलाकार र प्रजापती सापकोटाले गर्नु भएको थियो ।