मृतक अमर बहादुरको शव नेपाल पठाइयो

खिमराज चालिसे,

चंडिगढ । भारतको चंडिगढस्थित किसनगढ गाउँमा हत्या गरिएका अमर बहादुर कार्कीको शव नेपाल पठाइएको छ। खाना पकाउने विषयमा भएको विवादका क्रममा सँगै डेरामा बस्ने रुपन्देहीका चेतबहादुर परियारले कुकरले हानेर कार्कीको हत्या गरेका थिए ।

मंगलबार भएको घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय अमरको बुधबार बिहान ज्यान गएको थियो । उनको शवको आज पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

मृतकको शव बहिनी मृतककी बहिनी ईन्दु र श्रीमती मिना कार्कीले नेपाल लैजानु भएको छ । शव लैजाने खर्च मृतक कार्यरत कैटरिङका ठेकेदार दिनामणि घिमिरेले सहयोग गर्नुभएको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–९ बासगढी, ज्योतिटोल निवासी कृष्ण बहादुर कार्कीको छोरा अमर बहादुर कार्की उर्फ बाबुराम र टिकाराम परियारको छोरा वर्ष ५९ का चेत बहादुर परियार चंडिगढमा एउटै डेरामा बस्थे । उनीहरु मंगलबार दुवै जनाको दिउँसो खाना पकाउने विषयमा भएको झगडामा चेतबहादुरले खाना पकाउने कुकर प्रहार गर्दा टाउकोमा चोट लागि घाइते बनेका अमरले बुधवार बिहान संसार छोडे ।

प्रदेशमा हरेक दिन बेग्लाबेग्लै कैटरिङमा श्रम गरेर पेट पाल्ने मजदुरहरु रिस र आवेगमा आउँदा आफ्नै साथीमाथि गरिएको हमला निकै पिडादायक बनेको छ । त्यो पिडामा मलम लगाउँदै अमर बहादुर कार्कीको शव नेपालसम्म पुराउन र मृतकका आफन्तको खानपिन तथा बसाइ समेतको सबै खर्च कैटरिङ ठेकेदार दिनमणि घिमिरेले स्वेच्छिक खर्च गर्नु भएकोप्रति छ ।

साथै, दुखद घटनामा साथ दिने मूल नेता कार्यकर्ताप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले धन्यवाद दिएको छ ।

मापसेको झोंकमा तातो रिसले गर्दा एउटाको जीवनलीला नै सकियो भने अर्कोको वृद्ध अवस्थाको जीवन काराबासमा बिताउनु पर्ने बाध्यता बनेको छ । यस्तो अवस्थाप्रति सम्पूर्ण नेपालीलाई सचेत बनाउँदै मूल प्रवाहले मापसे नगर्न र र सभ्य तथा संयमित र मर्यादित जीवन जिउने प्रयास गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार