देव बहादुर केसीलाई स्वदेश विदाई

धर्म पहरी

बैंगलोर, १८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समितिको आयोजनामा विदाई कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका सचिव तिलक बहादुर केसीको सञ्चालन तथा उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षताबाट अगाडि बढेको सो विदाई कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ बिके, सदस्य धर्म पहरी, बैंगलोर उत्तर नगर समितिका सदस्य चक्र बहादुर रावल, दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खाडायत, क्षेत्रीय विद्यार्थी विभागका उपाध्यक्ष सन्तोष कुमार पहरी, देव बहादुर केसी र उत्तर समिति महिला विभाग सदस्य निर्मला दाहालले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

ज्ञात अज्ञात सहितहरुको सम्मानमा एक मिनट मौनधारण पछि कार्यक्रममा सहभागी सम्पूणर्लाई शब्दद्वारा स्वागत मन्तब्य नगर समितिकी सदस्य दुरा पहरीले गर्नु भएको थियो ।

दसरथ बिकले देव बहादुर केसीले संगठनमा दिएको अमूल्य योगदानको प्रसंशा गरी शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अन्य अतिथिहरुले आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

देव बहादुर केसीलाई कम्पनीबाट अवकास हुनुभएकोले मूल प्रवाहको विभिन्न प्रकारका जिम्मेवारीबाट पनि विदाई गरी प्रवासको बसाईलाई विट मार्दै स्वदेश फर्किनु भएको हो । केसी प्यूठान नगर नगरपालिका प्यूठान निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार